×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री पोखरेलको दाबी : छोटो समयमै प्रदेश सरकारका काम देखिन थाले !

फागुन १४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले छोटो समयमै प्रदेश सरकारका काम देखिन थालेको बताएका छन् ।

Muktinath Bank

पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने गरी बन्न लागेको झरही खोला पुलको बुधवार शिलान्यास गर्दै उनले भने, ‘छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूति गर्न थालेका छन्, जनताको सहयोगकै कारण यस्ता उपलब्धिमूलक काम गर्न सम्भव भएको छ, हाम्रा काम देखिन थालेको छ, हामी योजनाबद्ध विकासका पक्षमा छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै यो पुल पनि पूर्वाधार विकासकै चरणअन्तर्गत रहेको बताए । उनले रामग्राम स्तूपलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यातायातका पूर्वाधारले जोड्न आवश्यक रहेको सन्दर्भमा यो पुल रामग्रामको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

‘विगतमा यहाँ पुल बनाउने धेरै चर्चा भएपनि अहिले प्रदेश सरकारको उपस्थितिले यो सम्भव भएको छ, अब रामग्रामको गुरुयोजना कार्यान्वयन प्रक्रियासँगै यहाँ विकासको ढोका खुल्नेछ, स्तूप क्षेत्रमा हामीले बौद्ध संग्रहालय बनाउने काम पनि छिट्टै अघि बढाउनेछौं,’ उनले भने ।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै प्रदेशका नागरिकको जीवनस्तर उकास्न ३ वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानीको उपलब्धता र दुई वर्ष्भित्र बिजुली पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याए ।

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले आगामी २ वर्षभित्रै उक्त पुल निर्माण हुने प्रतिबद्धता जनाउँदै पुल निर्माणमा ढिलाइ नगर्न निर्माण कम्पनीलाई निर्देशन दिए । ‘पञ्चायतकालदेखि नै यहाँको पुल बहुप्रतिक्षित हो, अहिले आएर मात्र सम्भव भयो, अब रकम अभावका कारणले पुल निर्माण रोकिँदैन, रामग्रामको गुरुयोजनालाई पनि यसले सहयोग पुग्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x