प्रहरी अस्पतालका स्वास्थ्यकर्मीलाई आइजीपीकाे निर्देशन: उत्कृष्ट मानवीय सेवा दिनुस्

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त पार्न निर्देशन दिएका छन्।

उनले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गरे। अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाइग्नोसिसको उनले निरीक्षण गरे।


Advertisement

उनले मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभागलगायतको निरीक्षण गर्दै उपचाररत बिरामीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारीसमेत लिए।

अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै प्रहरी ज्ञवालीले उपचारका लागि आउने बिरामीका अपेक्षा पूर्ति गर्दै उत्कृष्ट मानवीय सेवा प्रदान गर्न केन्द्रित हुनुपर्ने बताए।


Advertisement

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको गतिविधि, उपलब्ध सेवा, चुनौती, योजना, पूर्वाधार विकासलगायतका विषयमा प्रस्तुतीकरण गरेकी थिइन्।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्