थ्रीस्टार क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

थ्रीस्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाइनलमा सिमराको नवजनजागृति क्लबलाई २–० ले हराउँदै  थ्रीस्टार अन्तिम चरणरमा पुगेको हो। 


Advertisement

थ्री स्टारको जितमा संजोग राई र आशिष राईले १—१ गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो। खेलको ८० औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। त्यसपछि खेलको ८१ औं मिनेटमा आशिषले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे। आशिषले पनि निशान खड्काकै पासलाई सदुपयोग गरे।

खेलको म्यान अफ दि म्याच थ्री स्टारका कप्तान विक्रम लामा चुनिए। उनले नगद १० हजार सहित ट्रफी पाए ।


Advertisement

अब थ्री स्टारले फाइनल प्रवेशको लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने छन्। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्