सुन तस्करीकाण्ड : १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीमुरेका १६ जना प्रहरीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ।


 अख्तियारले रसुवा, सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जनालाई निलम्बन गर्न बुधबार सिफारिस गरेको हो। 


Advertisement

अख्तियारका अनुसार केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ को कन्टेनर चेकजाँच गर्ने क्रममा गत पुस ११ मा  ४ सय २२ ग्राम सुन बरामद भएकाे थियाे। सीमा प्रहरी चौकी टिमुरेले सुन बरामद गरी चालक फुर्वा पासाङलाई छाडेकाे अभियाेग छ।

प्रहरीले सुन सम्बन्धित निकायमा नबुझाइ आपसमा बाँडफाँट गरी मासेको आरोप छ। उक्त घटनामाथि अख्तियारले छानबिन गरिरहेको छ। 


Advertisement

 अख्तियारले निलम्बन गर्न सिफारिस गरेकाहरु

प्रहरी निरीक्षक: खेमप्रसाद नेपाल

 प्रहरी नायव निरीक्षक: भोजबहादुर सेन वली

प्रहरी सहायक निरीक्षक: रामशरण कुमाल

प्रहरी हवल्दार: रामशरण रिमाल

 प्रहरी हवल्दार: पुरुषोत्तम खत्री

प्रहरी हवल्दार: रामकाजी लामा

 प्रहरी हवल्दार: गोपीबहादुर लो तामाङ

 प्रहरी जवान: शिवनारायण चौधरी 

 प्रहरी जवान: युवराज खरेल

 प्रहरी जवान भविलाल रुम्बा लामा

 प्रहरी जवान: रामचन्द्र विक

 प्रहरी जवान: रिता चौधरी

 प्रहरी जवान: मनोज आले

 प्रहरी जवान: छेक्यु डोल्मा मोक्तान

 प्रहरी जवान: ताराबहादुर प्रजा

 प्रहरी कार्यालय सहयोगी: हरिबहादुर श्रेष्ठ

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्