किशोरीलाई बन्धक बनाएर बलात्कार, राज्यमन्त्रीकै सल्लाहकार पक्राउ

प्रतिकार्यात्मक तस्वीर।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन्।

१७ वर्षीया किशोरीलाई माेटरसाइकलमा लिफ्ट दिने नाममा ४ दिन बन्धक बनाएको आरोपमा उनी पक्राउ परेका हुन्। उनी १ फागुनमा पक्राउ परे पनि घटना सार्वजनिक भएको थिएन।


Advertisement

घले पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले पुष्टि गरे।

प्रहरीका अनुसार घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेका हुन्।


Advertisement

घलेविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्तीकरणी मुद्दा चलाइएकोमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको छ। 

सिन्धुलीबाट काठमाडौं आउने क्रममा ती किशोरी काभ्रेको बनेपामा बस पर्खिरहेकी थिइन्। घलेले किशोरीलाई मोटरसाइकलमा लिफ्ट दिएर गन्तव्यमा पुग्न नदिई आफ्नो टोखास्थित फ्ल्याटमा ल्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

घलेले १२ कक्षामा अध्ययनरत ती किशोरीलाई अमेरिका पठाइदिने प्रलोभनमा बलात्कार गरेको खुलेको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्