×

NMB BANK
NIC ASIA

माधव नेपालसँगको भेटपछि निकटस्थसँग ओलीले भने– खतिवडालाई सिफारिश गर्ने निर्णयबाट व्याक हुन्न

फागुन १४, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको रिक्त सदस्यमा डा युवराज खतिवडालाई सिफारिश गर्ने निर्णयबाट कुनै हालतमा पछि नहट्ने बताएका छन्।

Muktinath Bank

सचिवालय सदस्य माधवकुमार नेपालसँग बुधबार साँझ भएको दुई घण्टा लामो भेटवार्तामा प्रम ओलीले खतिवडाको नाम सिफारिश गर्ने निर्णयमा पुर्नविचार नहुने बताएका हुन्। बुधबर एकाएक विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेता नेपाल साँझ बालुवाटार पुगेका थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबर मध्याह्न बसेको नेकपा सचिवाल बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। आफैँले अध्यक्षता गरेको बैठकले गरेको निर्णय कार्यान्वयन नगर्ने अडान लिएका ओलीले छलफलका लागि नेता नेपाललाई बालुवाटार बोलाएका थिए। 


Advertisment
Nabil box
Kumari

बालुवाटारबाट साँझ ७ बजे निस्किएका नेपालका दुईटै मोबाइल फोन स्वीच अफ छन्। प्रधानमन्त्रीसँग नेता नेपालले के विषयमा छलफल गरे भन्ने कुरा सचिवालयका अन्य सदस्यहरुले समेत थाहा पाएका छैनन्। नेपालसँग भएको छलफलबारे प्रधानमन्त्री ओलीले भने निकटस्थसँग खतिवडालाई राष्ट्रयसभामा सिफारिश गर्ने निर्णयबाट पछि नहट्ने स्पष्ट  संदेश दिएका छन्। 

Vianet communication
Laxmi Bank

अन्य नेताहरुले भने सचिवालयको निर्णय कार्यान्वयन गर्न ओलीलाई सुझाव दिइरहेका छन्। ‘राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने निर्णय सरकारको हो, पार्टीले निर्देशन दिनु पर्दैन,’ ओलीले नेपालसँग भनेका थिए। खतिवडालाई पठाउने निर्णय सचिवालय बैठक भन्दा पहिलै भएको भनेर एकथरीले प्रचार गरेका छन्। 

तर, पूर्वमाओवादी खेमाका एक मन्त्रीले खतिवडालाई राष्ट्रियसभामा सिफारिश गर्नेबारे मन्त्रिपरिषद् बैठकमा छलफल नभएको दाबी गरे। 

सचिवालयको निर्णय उल्ट्याउने ओलीको निर्णयपछि सचिवालयका सदस्यहरु स्तब्ध बनेका छन्। विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा सचिवालयका अन्य सदस्यहरुबीच टेलिफोनमा कुराकानी भइरहेको एक नेताले लोकान्तरलाई जानकारी दिए ।

सचिवालयका बहुसंख्यक सदस्य सचिवालयको निर्णय कार्यान्यन गरेर गौतमलाई नै राष्ट्रियसभामा सिफारिश गर्नुपर्ने अडानमा छन्। सचिवालयको निर्णय नमान्ने ओलीको अडानले नेकपा भित्रको विवाद पेचिलो बन्दै गएको छ। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x