×

NMB BANK
NIC ASIA

न दुलाहा आए, न जन्ती

फागुन १५, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो ।

Muktinath Bank

काठमाडौंमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले निम्त्याएको थियो । बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्को चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन् । केटी पक्ष फोन डायल गर्न थाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वर पारेर आफ्ना माइलो बुवा अचानक बितेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्लीखल्ली मच्चियो । जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशंकित भयो । आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरे । वृत्तका डीएसपी दुर्गा रेग्मीसहितको टोली पार्टी प्यालेस पुगेर सबै जानकारी लियो । डीएसपी रेग्मीले भने, ‘केटी पक्षका सबैको अनुहार मलिन थियो । उनीहरूको कुरा सुनेर म पनि चकित परें ।’


Advertisment
Nabil box
Kumari

१५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो । राति अबेरसम्म पनि न जन्ती न त केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो । केटीका आफन्तका अनुसार बिहेको कुरा छिन्ने टीकाटालोमा पनि बस्नेत चारजना साथीमात्रै लिएर आएका थिए । ती आफन्तका अनुसार इन्गेजमेन्टमा चार तोला सुनका विभिन्न गहना केटा पक्षलाई दिइएको थियो । केटाले आफ्नो भनेको घर पनि हेर्न गएका केटी पक्षले उनका डाक्टर पितालाई भने भेट्न पाएका थिएनन् । ‘बुवा धेरै व्यस्त हुनुहुन्छ’ भन्दै उनले हजुरआमा भनेर एक वृद्धा चिनाएका थिए । कुराकानी राम्रै भएपछि विवाह अगावै केटी पक्षले पाँच लाखजतिको फर्निचर पनि दाइजो भन्दै दिएको थियो ।

Vianet communication
Laxmi Bank

बिहेका दिन केटा बेपत्ता भएपछि केटी पक्षको ओठतालु सुकेको थियो । बिहेका लागि खर्च भएको १५ लाखभन्दा पनि इज्जतमा धक्का लागेको पीर आत्तिएका उनीहरूलाई ढाडस दिएर प्रहरी टोली निस्कियो । न केटाको फोन लाग्यो न उनी फेला परे । उनको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर एउटा कोठामा बसेका रहेछन् । ‘हामी पुग्दा कोठाको ढोकामा ताला थियो,’ डीएसपी रेग्मीले भने, ‘केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे पनि फेला परिनन् ।’ विवाहको निम्तो कार्डका लागि केटाले दिएको बाबु र आमाको नाम पनि फर्जी भएको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको प्रहरीले पत्तो पायो । केटाको कोठामा न नयाँ फर्निचर थिए, न त महँगा वस्तु । केटी पक्षले दिएको फोटो र विवरण प्रहरीले आफ्ना युनिटहरूमा पठायो ।

काठमाडौंबाट पठाइएको फोटोमा रहेका बस्नेतलाई बुधबार पोखरा विमानस्थलमा प्रहरीले देख्यो । रोक्यो । चेकजाँच गर्दा उनको साथबाट चार हजार अमेरिकी डलर बरामद भयो । विदेशी मुद्राको स्रोत नखुलेपछि प्रहरीले उनलाई काठमाडौंको साटो थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको बुटवल कार्यालय पठाएको छ ।

प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि हुने आधार भेटिएका छैनन् । ‘आपराधिक विश्वासघात ठगीमा मुद्दा चलाउने तयारी भइरहेको छ,’ उनले भने, ‘केटाले कुन उद्देश्यले यस्तो षड्यन्त्र गरेको रहेछ भन्ने खुल्नै बाँकी छ, तर जे भयो त्यो सामान्य बदमासी होइन ।’ डीएसपी बोगटीका अनुसार करिब १५ दिनअघि पनि विवाहको नाममा यस्तै प्रकृतिको ठगीको उजुरी प्रहरीमा आएको थियो । केटा, जन्ती, उनका आफन्त कोही नआएपछि विवाहको दिन केटी पक्ष प्रहरीमा आएका थिए । उनको अझै खोजी भइरहेको बोगटीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x