×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओली गम्भीर संकटमा, अति निकटस्थबाटै पार्टी निर्णय नउल्टाउन दबाब

फागुन १५, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा निटक र विश्वास पात्रहरूले नै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णय नउल्ट्याउन सुझाव दिएका छन् ।

Muktinath Bank

पार्टी निर्णय कार्यान्वयन नगर्ने आवेगले संकटमा पार्ने भन्दै उनीहरूले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयनमा दबाब दिएका हुन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो दबाब दिनेमा प्रधानमन्त्री ओलीका अतिनिकट मानिने प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टाराई लगायत छन् । रिमाल र भट्टराई अधिकांश समय प्रधानमन्त्री सँगै हुन्छन् ।


Advertisment
Nabil box
Kumari

‘पार्टी निर्णय उल्टाउनु भनेको ठूलो आत्मघाती कदम हुनसक्छ, यसले तपाईंलाई नै संकटमा पार्छ । यस्तो आत्मघाती कदम नचालौं,’ भट्टराई र रिमालले दिएको सुझावलाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीलाई परिपक्व सुझाव र सल्लाह दिँदै आएका महासचिव विष्णु पौडेलले पनि वामदेवलाई सिफारिश गर्ने सचिवालयको निर्णय नउल्टाउन सुझाव दिएका छन् ।

स्रोतका अनुसार सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलबाहेक सबैले सचिवालयको निर्णय नउल्टाउन र वामदेवको नाममा सहमति जुटाउन सुझाव दिएका छन् । 

बुधवार मध्याह्न बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो ।

निर्णय भएको केहीबरेमै ओलीले सचिवालय सदस्यहरूलाई फोन गरेर गौतमलाई नभई युवराज खतिवडालाई राष्ट्रिय सभामा सिफारिश गर्ने बताएका थिए । 

सचिवालयको निर्णय उल्टाउने ओलीको निर्णयपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सचिवालयका अन्य सदस्यहरूबीच बिहीवार पनि टेलिफोनमा कुराकानी भइरहेको एक नेताले लोकान्तरलाई जानकारी दिए  ।

सचिवालयको निर्णय नमान्ने ओलीको अडानले नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको छ । 

पढ्नुहोस्, यो पनि :

BREAKING : नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिश !

पार्टी र प्रधानमन्त्रीबीच औपचारिक द्वन्द्व सतहमा, एक्लै थेग्न सक्छन् ओली ?

माधव नेपालसँगको भेटपछि निकटस्थसँग ओलीले भने– खतिवडालाई सिफारिश गर्ने निर्णयबाट ब्याक हुन्न

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x