दिल्ली हिंसामा मर्नेको संख्या ३२ पुग्यो

उत्तरपूर्वी दिल्लीमा भएको दंगाको पाँचौं लिन अधिकांश क्षेत्रमा तनावपूर्ण शान्तिको स्थिति छ । अहिले हिंसाको खबर आएको छैन । 

तर अघिल्ला दिनका हिंसामा परी मर्नेको संख्या ३२ पुगेको छ । घाइतेको संख्या २०० भन्दा माथि पुगेको छ । 


Advertisement

राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् । 

दिल्लीमा भएको हिंसामा बुधवार सुनुवाइका बेलामा प्रहरीलाई खरो कुरा सुनाउने न्यायाधीश एस मुरलीधरलाई सरुवा गरिएको छ । उनलाई पञ्जाब तथा हरियाणा उच्च अदालतमा सरुवा गरिएको हो । 


Advertisement

केन्द्रीय कानून मन्त्रालयका तर्फबाट जारी गरिएको गजेट नोटिफिकेसनमा प्रधानन्यायाधीश एस ए बोबडेको सल्लाहमा राष्ट्रपति रामनाथ कोविन्दले न्यायाधीश एस मुरलीधरलाई पञ्जाब तथा हरियाणा उच्च अदालतमा सरुवा गरिएको उल्लेख छ ।

विपक्षी कांग्रेस पार्टीले यो सरुवामा प्रश्न उठाएको छ ।

अनि कांग्रेसका नेता रणदीप सुरजेवालाले भाजपा नेताको भड्किलो भाषणका कारण दिल्लीमा हिंसा फैलिएको बताएका छन् । भड्किलो भाषणको भिडियोका आधारमा भाजपा नेताहरूलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्