मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
अधिकांश व्यक्ति धेरैजसो समय घरमा बिताउँछन् । दिनभरको थकान घरमा गएर मेटिन्छ । सुख–दुःखको साक्षी हुने भएकाले घरसँग प्रत्येक व्यक्तिको सम्बन्ध हुन्छ । तर, सधैँ एउटै ठाउँ र परिवेशमा बस्दा मानिस मोनोटोनस पनि भइरहेको हुन्छ । त्यसैले घरको वातावरण शान्त र फ्रेस बनाइराख्न समय–समयमा रिनोभेसन जरुरी छ । घरमा गरिने साजसज्जाले लुक्सलाई मात्र नभई घरमा बस्ने व्यक्तिको मुडलाई पनि प्रभाव पारिरहेको हुन्छ । यसका लागि उचित कलर कम्बिनेसन, डिजाइनर वालफ्रेम, स्मार्ट फ्लोरिङ, लाइटिङ, उचित इन्टेरियर डिजाइनिङको आवश्यकता पर्छ ।
घरको साजसज्जामा इन्डोर प्लान्ट अर्थात् घरभित्र रोपिने बोटबिरुवाले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गमलामा सजाएर कोठामा विभिन्न किसिमका बोटबिरुवा राख्न सकिन्छ । यसले घरको सुन्दरताका साथै हावाको सन्तुलनसमेत कायम राख्छ । बोटबिरुवाले प्रदूषित हावालाई अवशोषित गर्ने भएकाले स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक मानिन्छ ।
हावा स्वच्छ बनाउँछ
घरभित्र निस्किने फोहोरबाट तीन सयभन्दा बढी किसिमका रोगका कीटाणु उत्पन्न हुन्छन् । जसले गर्दा टाउको दुख्ने, घाँटी दुख्ने, रिंगटा लाग्ने र एकाग्रतामा कमी आउनेजस्ता स्वास्थ्य समस्या निम्तिन्छन् । बोटबिरुवाले हावामा भएको प्रदूषणलाई सोस्ने र बाहिर पठाउने हुँदा घरभित्रको वातावरण सफा बनाउन मद्दत गर्दछ ।
व्यायाम
व्यस्त जीवनशैली र बढ्दो प्रविधिका कारण शरीरका लागि अत्यावश्यक एक्सरसाइजको अभाव हुने गर्दछ, जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेको हुन्छ । घरमा बोटबिरुवा रोप्दा प्रत्येक दिनजसो स्याहार गर्नुपर्ने हुन्छ, जसले शारीरिक कसरत गराउँछ । माटो, पानी र बिरुवासँग खेल्दा बालबालिकाको वृद्धि विकासमा अप्रत्यक्ष प्रभाव परिरहेको हुन्छ ।
संक्रमणको जोखिम घटाउँछ
बोटबिरुवाले कोठामा भएको प्रदूषणको करिब २० प्रतिशत स्वतः सोस्ने गर्दछन् । त्यस्तै, हावामा मिसिएका जीवाणु र रासायनिक तत्वलाई बाहिर पठाउन मद्दत गरिरहेका हुन्छन् । जसले गर्दा कोठा सुक्खा र फोहोर हुन पाउँदैन । फलस्वरूप रुघाखोकीजस्ता संक्रमणबाट बच्न सहयोग मिल्छ ।
मुड फ्रेस बनाउँछ
बोटबिरुवा र प्राकृतिक सुन्दरतायुक्त स्थानले सकारात्मक, आनन्द र आशावादी सोचको विकास गर्छ । जस्तै, अस्पतालमा बोटबिरुवा रोप्दा बिरामीको रक्तचाप, दुखाइ, धड्कन सन्तुलित हुन्छ । प्राकृतिक वातावरणले सेरोटोनिन र डोपामाइन नामक रसायनको उत्पादन गर्ने हुँदा व्यक्तिले शान्त महसुस गर्ने गर्दछ ।
तनाव घटाउँछ
घरभित्र होस् या घरबाहिर, सुन्दरताले इन्द्रीयलाई आकर्षित गर्ने हुँदा व्यक्तिलाई वर्तमानमा रमाउन प्रोत्साहन गर्दछ । जनरल अफ साइकोलोजिकल एन्थ्रोपोलोजी र जनरल अफ हेल्थ साइकोलोजीमा प्रकाशित अध्ययनअनुसार सामान्यतया बगैँचा र फूलवरपर बस्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा ७० प्रतिशतभन्दा कम तनाव हुने गर्दछ । शान्त स्थानले ध्यान केन्द्रीत गर्न र आत्मविश्वास बढाउन भूमिका खेल्छ । नयाँ पत्रिकामा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...