×

NMB BANK
NIC ASIA

दिल्लीमा साम्प्रदायिक हिंसामा पनि देखियो मानवता, पीडितलाई दिइयो शरण

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दिल्लीमा हिन्दू मुसलमानबीच घृणा फैलाएर हिंसा मच्चाइएको भए पनि धार्मिक एकताका केही उदाहरणहरू प्रस्तुत भएका छन् । 

Muktinath Bank

उत्तरपूर्वी दिल्लीको अशोकनगरमा लगभग ४० मुसलमानका लागि हिन्दू छिमेकीहरू सहारा बनेका छन् । मंगलवार भीडले मुसलमानको घर जलाइदिएपछि ज्यान बचाएर भागेका मानिसका लागि हिन्दूहरूले घरको ढोका खोलेर शरण दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसदिन अपराह्नमा लगभग एक हजार मानिसको भीड ठूलो मस्जिद नजिकको कोलोनीमा पस्यो । केही मानिस मस्जिद पसे । त्यहाँ २० जना प्रार्थना गरेर बसिरहेका थिए । 


Advertisment
Nabil box
Kumari

भीडले मस्जिदमा तोडफोड गर्‍यो । स्थानीय मोहम्मद तैयबले दिउँसो लगभग डेढ बजे केही मानिस मस्जिदमाथि बढेको र भगवा झण्डाका साथै भारतको राष्ट्रिय झण्डा फर्फराएको बताए । स्थानीयहरूले बुधवार बिहान त्यो झण्डा हटाए । स्थानीयहरूले हुलदंगा गर्नेलाई कुनै हानि नगराउन अपील गरे तर कसैले सुनेन । ती सबै बाहिरबाट आएका मानिस थिए । 

Vianet communication
Laxmi Bank

अशोकनगरका निवासी राजेश खत्रीले भने, ‘धेरैजसो दंगाबाजहरूले आफ्नो अनुहार ढाकेका थिए र उनीहरूको हातमा फलामे छड थिए । उनीहरूले पसल जलाउन थाले । उनीहरूले हामीलाई मार्लाने भनेर हामी डरायौं ।’

पसल जलाएपछि उनीहरू ६ वटा घरतिर गए । मोहम्मद राशिदले भने, ‘यस कोलोनीमा ६ वटा घर मुसलमानको छ । दंगाबाजहरूलाई यो कुरा थाहा भएरै होला, अरू घरमा उनीहरूले क्षति पुर्‍याएनन् । तर हामी मुसलमानको घरको सबै कुरा उनीहरूले लुटे । हामी बेघर भएका छौं ।’

‘हामीहरू सडकमा बस्नुपर्ने भए पनि हाम्रा छिमेकी हिन्दूहरूले हाम्रो सहायता गरे । उनीहरूले हामीलाई पूरा साथ दिए र घरमा आश्रय दिए । हामीहरू यहाँ २५ वर्षदेखि बसिरहेका छौं र कहिले पनि कुनै हिन्दू छिमेकीसँग झगडा परेन । हामीहरू परिवार जस्तो गरी मिलेर बसेका छौं ।’

मुसलमान परिवारलाई सहारा दिने पिन्टुले भने, ‘जे सुकै होस्, हामीहरू उनीहरूलाई साथ दिन्छौं । हामी पनि हिन्दू हौं तर उनीहरूको सम्पत्ति नाश गर्ने कुरा सोच्न पनि सक्दैनौं । हाम्रो घरमा अहिले बसिरहेको परिवारको पसलमा आगो लगाइएकाले उनीहरूले गुजारा चलाउनै मुश्किल परेको छ । संकटको क्षणमा हामी उनीहरूलाई बेसहारा छोड्न सक्दैनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x