अमेरिकाको विस्कोन्सिनमा गोलीकाण्ड, ५ जनाको मृत्यु

अमेरिकाको विस्कोन्सिन प्रान्तमा बुधवार भएको गोलीकाण्डमा पाँचजनाको मृत्यु भएको छ । 

अधिकारीहरूका अनुसार, गोलीकाण्डपछि आक्रमणकारीले आफैंमाथि गोली प्रहार गरे । विस्कोन्सिनको मिल्वाउकीको मोल्सन कूर्स बीयर कम्पनीको क्याम्पसमा यो घटना भएको हो । 


Advertisement

स्थानीय अधिकारीहरूका अनुसार, इलाकालाई लकडाउन गरिएको छ । 

आक्रमणकारी ५१ वर्षीय हुन् र मिल्वाउकीमै बस्थे । उनले किन गोलीकाण्ड गरेका हुन् भन्ने स्पष्ट छैन । 


Advertisement

बुधवार अपराह्न घटना हुँदा सयौं कर्मचारी कार्यालयमा थिए । मिल्वाउकी प्रहरी प्रमुख अल्फोन्सो मोरालेसले मर्नेहरूमा पाँचजना कम्पनीकै कर्मचारी भएको बताए । घटनापछि वरपरका विद्यालय र कार्यालयहरू बन्द गरिएका थिए । 

राष्ट्रपति डोनल्ड ट्रम्पले घटनामा मारिएका पीडित र परिवारप्रति गहिरो समवेदना प्रकट गरे । उनले आक्रमणकारी दुष्ट हत्यारा भएको बताए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्