पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारिको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो ।
विश्वमा नै उत्कृष्ट १० मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका धेरै भाग मनाङमा नै पर्दछ । पदयात्राका लागि विभिन्न देशबाट पर्यटकको आगमन हुने गरेको मनाङमा पछिल्ला समयमा स्वदेशी पर्यटक बढ्दै गएका छन् ।
पदयात्री मनाङको थोरङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् । थोरङ्ला भञ्ज्याङको उचाइ पाँच हजार ४१६ मिटर छ । यहाँ रहेका हिमताल, अन्नपूर्ण हिमशृङ्खलाका साथै हिमाली जनजीवन, वेशभूषा, संस्कृति, गुम्बा, चाडपर्व लगायतका मौलिक संस्कृति यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।
विशेष गरी प्रत्येक वर्ष दुई मौसममा मात्र पर्यटकको विशेष चहलपहल हुने मनाङमा जाडो याममा भने जाडो छल्नका लागि स्थानीयवासी बेँशी वा जिल्लाबाहरि निस्कने गर्दछन् । मङ्सिरको अन्तिम साताबाट फागुनको दोस्रो सातासम्म अत्यधिक चिसो हुने भएकाले यस समयमा यहाँका स्थानीय पोखरा काठमाडौँका साथै देशका विभिन्न शहरमा जाने गरेका छन् ।
प्रत्येक वर्ष फागुनको मध्यदेखि जेठसम्म र भदौदेखि मङ्सिरसम्म यहाँ पर्यटकको आगमन हुने गरेको छ । बेंशीशहरबाट शुरू भई मुस्ताङको मुक्तिनाथ हुँदै कास्कीको नयाँ पुल आएर सकिने २१ दिनको यो पदमार्ग पछिल्ला वर्षमा जथाभावी बाटो खन्ने क्रमले छोटिएको छ । अहिले यो पदमार्ग १० दिनमा नै पार गर्न सकिन्छ ।
पदयात्रा पर्यटन नेपालको मौलिकता भए पनि जथाभावी बाटो खन्ने क्रमले दिनप्रतिदिन चुनौती थपिँदै गएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताए।
'जथाभावी बाटो खनिने क्रमसँगै पदयात्रा पर्यटन धराशयी बनेको छ', उनले भने, 'भएका पदमार्ग मासिँदै जाने र विकल्प पनि नखोज्ने क्रम कायम रहने हो भने नेपालको समग्र पदयात्रा पर्यटन एकादेशको कथा बन्न बेर छैन ।' मनाङ क्षेत्रमा वर्षमा दुई याम मात्रै पर्यटक गइरहेको सन्दर्भमा बाह्रै महिना पर्यटक पुर्याउने लक्ष्यका साथ अन्य प्रयास शुरू गरिएको छ ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका अवस्थामा नेपाल क्लाइम्बिङ टिमले हालै मनाङको ङिस्याङ गाउँपालिका वडा नं ४ हुम्डेमा आइस क्लाइम्बिङका साथै स्कीको परीक्षण गरेको छ । फेब्रुअरी दुईबाट १० सम्म उक्त परीक्षण गरिएको थियो ।
मनाङलाई पर्यटनको केन्द्र बनाउँदै यहाँ बाह्रै महिना उनीहरूको आगमन कायम राख्ने उद्देश्यका साथ नेपाल क्लाइम्बिङ टिमले हुम्डेमा साहसिक खेल स्की र आइस क्लाइम्बिङको परीक्षण गरेको प्रशिक्षक समीर थापाले बताए। 'हिमाली क्षेत्रमा बाह्रै महिना पर्यटक पुर्याउन आइस क्लाइम्बिङ तथा स्की महत्वपूर्ण हुन सक्छ', उनले भने, 'हिमाली क्षेत्रमा भन्ने गरिएको ‘अफ’ मौसममा यहाँका पर्यटन व्यवसायी लाभान्वित हुन्छन् ।' स्की हिउँमा चिप्लिएर खेलिने खेल भएकाले यो अत्यधिक चिसोको समयमा हिउँ जम्दाका बखत मात्र सम्भव हुन्छ । पाखाभरि सेताम्मै हिउँ त्यही हिउँमा रङ्गीचङ्गी पोशाकमा रहेका स्की खेलाडी खेलेको दृश्य पर्यटकका लागि अर्को नौलो आकर्षण हो ।
नेपाल क्लाइम्बिङ टिमले नेपालका धेरै क्षेत्रमा रक क्लाइम्बिङ, आइस क्लाइबिम्ङ क्षेत्र निर्माण गरेको छ । मनाङ आसपासमा आइस क्लाइम्बिङ र स्कीको प्रचूर सम्भावना रहेको र यसलाई आफूहरूले प्राथमिकतामा राखेको नेपाल क्लाइम्बिङ टिमका अध्यक्ष विनायकजंग मल्लले बताए।
नेपालका धेरै हिमाली क्षेत्रमा आफू पुगेको बताउँदै मल्लले अन्नपूर्ण पदमार्ग क्षेत्रअन्तर्गत हुम्डे अत्यन्त उपयुक्त दखिएको धारणा राखे । विदेशी पर्यटक यस्तै साहसिक खेलमा रमाउने हुँदा उनीहरूलाई आकर्षित गर्न पनि स्की उपयुक्त हुने स्की खेलाडी पासाङ नुर्वु शेर्पाले बताए। आफूहरूको टिमले गत वर्ष यसै ठाउँमा आइस क्लाइम्बिङको परीक्षण गरेको जानकारी दिँदै उनले यस वर्ष आइस क्लाइम्बिङ सँगै स्की पनि गरेको बताए। आइस क्लाइम्बिङ र स्की विदेशीलाई मात्र नभई स्वदेशी पर्यटकको समेत आकर्षण हुने र यसले हिमाली क्षेत्रमा सदावहार पर्यटक भित्र्याउन मद्दत गर्ने अर्का सहभागी मिङ्मा यङ्गी शेर्पाले बताए।
नेपालमा धेरै रमणीय हिमाल र हिमाली क्षेत्र रहेका कारण यी क्षेत्रमा बाह्रै महिना पर्यटक भित्र्याउने गरी आइस क्लाइम्बिङ र स्की खेलको विकास तथा विस्तार गर्न सकिने उहाँको भनाइ थियो । पदमार्ग मासिनेक्रम बढिरहेको वास्तविकतामा हिमाली क्षेत्रमा प्रचूर सम्भावना बोकेका आइस क्लाइम्बिङ तथा स्कीलाई विकल्पका रुपमा समेत बढाउन सकिने पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए।
'पछिल्ला समयमा स्वदेशी पर्यटकको पनि मनाङमा आकर्षण बढ्दै गएको छ', उनले भने, 'अफ सिजन भनिने समयमा समेत सञ्चालन गर्न सकिने स्की, आइस क्लाइम्बिङ जस्ता खेलले पर्यटकको आगमनलाई सँधै निरन्तरता दिन सकिन्छ ।' वासुदेव पौडेल/नवीन लामिछाने,रासस
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...