सडक दुर्घटनामा मालेका महासचिव सीपी मैनाली घाइते

नेकपा मालेका महासचिव सीपी मैनाली सडक दुर्घटनामा घाइते भएका छन् ।

बीपी राजमार्ग हुँदै सिन्धुलीतिर जाँदै गर्दा महोत्तरीको बर्दिवास नगरपालिका–३ मा मैनाली सवार जीप अर्काे जीपसँग ठोक्किएर दुर्घटना भएको हो ।


Advertisement

सिन्धुली जाँदै गरेको बा७च २१२० नम्बरको कार विपरीत दिशाबाट आइरहेको ना४च ७६६८ पिकअप जीपसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी हवल्दार चोलीराम चौधरीले जानकारी दिए ।

महासचिव मैनालीको जनसेवा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, निधार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । मैनालीसँगै जीपमा रहेका अन्य ५ जना सामान्य घाइते भएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्