×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्झिए पूर्व मन्त्री स्व. रवीन्द्र अधिकारीलाई

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. रवीन्द्र अधिकारीलाई बहुआयामिक व्यक्तित्वको संज्ञा दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

स्व. अधिकारीबाट अग्रगमनमा अगाडि बढ्नुपर्छ भन्ने शिक्षा लिनुपर्नेमा उनले जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको निधनको १ वर्ष पुगेको पुण्यस्मृतिमा बिहीवार पोखरामा आयोजना गरिएको रवीन्द्र अधिकारी स्मृति दिवस समारोह एवं विविध कार्यक्रममा काठमाडौंबाट भिडियोमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले स्व. अधिकारीलाई स्मरण गर्दै भने, ‘मन्त्रीको हिसाबमा छोटो समयमै उहाँले सुधारका र उल्लेखनीय कार्य गर्नुभयो । सांसद्को भूमिकामा उहाँले योग्य जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुभयो । परिवारका श्रीमान्को भूमिका, बाबुको भूमिका, साथीको भूमिका, समाजसेवी वा जुनसुकै भूमिकामा उहाँमा हामीले खोट देखेनौं । सधैं मृदुभाषी, आफ्नो कामप्रति दत्तचित्त हुँदा निकै लोकप्रिय हुनुहुन्थ्यो ।’

Vianet communication
Laxmi Bank

समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा पूरा गर्न अहोरात्र मेहनत गर्ने उनी कामकै सिलसिलामा खटिने क्रममा जीवन गुमाउनुपरेको स्मरण गरे । प्रधानमन्त्री ओली भिडियोमा ७ मिनेट सम्बोधन गरेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे ‘उत्तम’, प्रतिष्ठान अध्यक्ष विद्या भट्टराईले सम्बोधन गर्दै स्व. अधिकारीको योगदानको स्मरण गरिन् । 

प्रतिष्ठानले आयोजना गरेको ‘विकास राजनीति र रवीन्द्र अधिकारी’ विषयक राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार वितरण गरियो । प्रतियोगितामा रिट्ज इञ्जिनीयरिङ कलेज अफ इन्जिनीयरिङ एन्ड म्यानेज्मेन्ट कलेज ललितपुरका सुरज परियार प्रथम, विराटनगर कर्सिङ कलेजकी मनिता चौहान द्वितीय र सुष्मा मेमोरियल कलेज इटहरीका रामचन्द्र अधिकारी तृतीय भए । उनीहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन् ।

स्व. अधिकारीको पोखरा–१८ जामुनाबोटमा निर्मित पूर्णकदको सालिक अनावरण गरिएको छ । मुख्यमन्त्री गुरुङले सालिक अनावरण गर्दै दुईतिहाइको दम्भले २०१५ सालको कांग्रेसको स्थितिमा पुग्न सकिने भन्दै यसमा सचेत हुनुपर्ने बताए । उनले एक जनाकै लागि संविधान संशोधनको खेलमा लाग्नु दुःखद भएको उल्लेख गरे ।

गत वर्ष आजकै दिन तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । 

मंसिर १४ गते भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा स्व. अधिकारीकी पत्नी विद्या भट्टराईले रवीन्द्रकै क्षेत्रबाट चुनाव जितेर संघीय संसद्मा प्रतिनिधित्व गरेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x