×

NMB BANK
NIC ASIA

माथिल्लो तामाकोशी : अन्तिम चरणमा कहाँ रोकिएको छ ४५६ मेगावाटको विद्युत् आयोजना ?

फागुन १५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । कूल विनियोजित रु एक खर्ब बजेटमध्ये चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै २० प्रतिशत मात्रै खर्च भएको छ । 

Muktinath Bank

लामो समयदेखि अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाको निर्माण प्रगति प्रभावकारी नहुनाका विभिन्न कारण रहेका छन् । त्यसमा निर्माण व्यवसायीको कार्यशैली तथा कमजोर आयोजना व्यवस्थापन जोडिएको छ । कूल ९९.३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको एक राष्ट्रिय गौरवको आयोजनामा समेत निर्माण व्यवसायीकै लपर्वाहीले काम गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माण प्रगतिका हिसाबले अब थोरै मात्र काम बाँकी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँकी रहेको थोरै काम सम्पन्न गर्न कति समय लाग्ने हो ठ्याक्कै भन्न सकिने अवस्था छैन । कारण आयोजनाको सबैभन्दा जटिल मानिएको दुईवटा ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले अपेक्षित गति लिन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

सोही कारण स्वदेशी लगानीमा निर्माण भइरहेको ४५६ मेगावाटको आयोजनामा समस्या देखिएको छ । 

Vianet communication
Laxmi Bank

हालसम्म आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । 

माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई पाइप जडान गर्न क्रमशः सात र पाँच दिनको समयमा आइसकेको छ । तर असाध्यै जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान गर्दा क्रेनको डोरी चुँढ्ने जस्ता समस्या पनि देखिने गरेका छन् । 

आयोजनाका अनुसार कुनै प्राविधिक समस्या नआएमा आगामी वैशाखभित्रमा पाइप जडान भइसक्नेछ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेर्सो भागमा पाइप जडान शुरू हुनेछ । 

सो कार्यका लागि मात्रै डेढ महिना थप समय लाग्नेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्तरुपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गर्नुभएको छ । ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता पुनःजनाएका छन् ।

कार्यकारी निर्देशक घिसिङले अगामी असारभित्र कम्तिमा पनि एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका अनुसार काम गर्न पुनःनिर्देशन दिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेको भनाइ छ । पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

कार्यकारी निर्देशक घिसिङले कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न पुनःआग्रह गरेका छन् । आयोजनाको तयारीअनुसार पहिलो युनिटबाट विद्युत् शुरू भएपछि बाँकी पाँच युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुनेछ । 

निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतको गम्भीर चासो छ । त्यसैले जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले आफूले जनाएका प्रतिबद्धताअनुसारका समय तालिकामा रहेर काम गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिएका हुन् ।

उनले आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न प्राधिकरण र आयोजना  सधैं तयार रहेको बताएका थिए । उनले लट नं २ को ठेकेदारले पनि विगतमा भन्दा काममा केही सुधार गरेको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकाले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । 

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ को पुस २३ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्स्म्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गगरेका थिए ।

केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे, कार्यकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कलकत्तास्थित टेक्स्म्याको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटी निर्माण कार्यलाई थप गति दिन आग्रह गरेको थियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । 
    
विद्युत् गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा रहेका छन् । प्रसारण लाइनको १२७ वटा टावर निर्माण र ४७ किलोमिटर टार टाङ्ने काम सम्पन्न भएको छ । रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सवस्टेसनको लिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरण जडान गरी चार महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । 

गोरखा भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिराले पुर्‍याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले आयोजनाको निर्माण ढिलाइ भएको थियो ।   रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x