चीनको शेनजेन शहरले कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाउने

चीनको दक्षिणतिर रहेको शेनजेन शहरले कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाउन खोजेको छ । कोरोनाभाइरस फैलनमा वन्यजन्तुको मासु खाने काम जिम्मेवार रहेको हुन सक्ने वैज्ञानिकहरूले आशंका गरेपछि मासुमा प्रतिबन्ध लगाउन लागिएको हो । 

‘वन्यजन्तुको भक्षणमा प्रतिबन्ध लगाउने काम विकसित मुलुकहरूमा सामान्य अभ्यास हो र आधुनिक सभ्यतामा यो विश्वव्यापी आवश्यकता नै हो,’ सूचनामा भनिएको छ । 


Advertisement

वैज्ञानिकहरूले नयाँ भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् । शुरूतिर संक्रमण भएका मानिस हुबेई प्रान्तको राजधानी वुहानको वन्यजन्तु बजार गएको पाइएको थियो । त्यहाँ चमेरो, सर्प तथा अन्य प्राणीहरू बेच्ने गरिन्थे । 

शहरको कानूनी दस्तावेजमा कुकुर र बिरालोलाई घरपालुवा जनावरको दर्जा दिँदै तिनको मासु खान प्रतिबन्ध लगाएको छ । सर्प, गँगटो र भ्यागुता पनि खानमा प्रतिबन्ध लगाइएको छ जबकि ती दक्षिणी चीनका लोकप्रिय खानेकुरा हुन् ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्