बजारमा प्रतिस्पर्धा गर्न खानेपानी संस्थानलाई मन्त्री मगरको निर्देशन

खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढंगले सुदृढ बनाई नयाँ योजनाका साथ अघि बढ्न निर्देशन दिएकी छन्। 

नेपाल खानेपानी संस्थानको ३१ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री मगरले  संस्थानको गरिमालाई अझ उचाईमा पु(याउन नयाँ कार्ययोजना सहित अघि बढ्न निर्देशन दिइन्।  ‘बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो आयस्रोत र क्षमता बढाउनुस्,’ उनले भनिन्, ‘कुनै समय अब्बल रहेको संस्थानलाई अब नोक्सान नहुने गरी काम अघि बढोस्।’


Advertisement

संस्थानले नयाँ कार्यक्रम ल्याएर आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले निर्देशन दिइन्। 

खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खानेपानी संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताए।   ‘संस्थानले साना तिना आयोजनामा मात्रै ध्यान केन्द्रित नगरी थोक वितरण प्रणालीमा आधारित ठूल ठूला खानेपानी आयोजनाहरुको अध्ययन गरी अघि बढ्नुपर्ने समय आएको छ । त्यसका लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्ने हुनसक्छ,’ उनले भने। 


Advertisement

उनले नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न समेत संस्थानलाई आग्रह गरे। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्