राष्ट्रिय एकता नै  सेनाको सुरक्षाको प्रमुख आधार : प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले राष्ट्रिय एकता नै नेपाली सेनाको शक्ति र सुरक्षाको प्रमुख आधार भएको बताएा छन्।

संविधानले सुम्पिएका जिम्मेवारी सेनाले हरदम निर्वाह गर्दै आएको उल्लेख गर्दे उनले भने, ‘हाम्रा पूर्खाहरुको रगत र पसिना तथा बलिदानद्वारा रचित सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सेवारत र सेवानिवृत्त सैनिकहरु सदैव समर्पित रहेका छौँ र रहनु पर्दछ ।’


Advertisement

बिहीबार नेपालगन्जस्थित चारबाहिनी ब्यारेकमा आयोजित भूतपूर्व नेपाली सैनिकको तेस्रो चरणको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै उनले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको बताए। 

सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्