×

NMB BANK
NIC ASIA

सरकारले कुन-कुन निकायमा नियुक्ति गर्‍यो ? थाहा पाउनुस्

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले विभिन्न निकायमा नयाँ नियुक्ति गरेको छ। फागुन ५ र १२ गतेको बैठकले गरेका नियुक्तिहरु गरेको हो। 

Muktinath Bank

काठमाडौँ महानगरपालिका–१४ का शोभा बुढाथोकी र १६ का नारायण नेपाल तथा विराटनगर–४ मोरङका उद्धवचन्द्र घिमिरेलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त भएका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को महिला सदस्यमा रमा श्रेष्ठ (ललितपुर), जनजाति सदस्यमा हरिन्द्र राई (खोटाङ) र दलित सदस्यमा भोजमान लाम्गादे (इलाम) लाई मनोनीत गरेको छ। 


Advertisment
Nabil box
Kumari

समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत, दिपायलका पूर्वमुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरेको छ। यस्तै समितिको सदस्यमा टीका बुढाथोकी, ममतादेवी शर्मा उपाध्याय र सरस्वतीदेवी भट्टराईलाई नियुक्ति गर्ने निर्णय भएको छ। 

Vianet communication
Laxmi Bank

समितिका सदस्य–सचिवमा नेपाल सरकारले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई मनोनित गर्ने निर्णय भएको छ।

सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य पदमा महेन्द्रकुमार थापा क्षेत्री (ललितपुर) लाई नियुक्त गर्न स्वीकृत दिएको छ भने आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर–३ कपिलवस्तु निवासी पुष्पराज खनाललाई नियुक्त गरिएको छ। 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्यमा डा सुनन्दा सुन्दास (भोजपुर), डा रक्षा श्रेष्ठ र डा कैलाशकुमार भण्डारी (सुनसरी), डा विनयकुमार ठाकुर (धनुषा) तथा रामप्रसाद न्यौपाने र निशा अधिकारी (चितवन) लाई मनोनयन गरिएको छ। नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सञ्जीवकुमार पाण्डेय (महोत्तरी) लाई चार वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने निर्णय गरेको छ। 

सरकारले नेपाल कृषि अनुसन्धान परिषदमा पनि नियुक्ति गरेको छ। जसको सदस्यमा डा स्वयम्प्रकाश श्रेष्ठ, डा युगनाथ घिमिरे, डा विनायकप्रसाद राजभण्डारी, गोविन्द केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा र यमुना घलेलाई २ वर्षका लागि मनोनयन गर्ने निर्णय गरिएको हो। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x