×

NMB BANK
NIC ASIA

कांग्रेससँग परामर्शमा ओली

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेतासँग परामर्श गरेका छन् ।

Muktinath Bank

ओलीले बिहीबार बिहान कांग्रेस नेता शेखर कोइरालासँग करिब डेढ घण्टा कुराकानी गरेका थिए । त्यसको दुई दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी भएको जानकारीसमेत उनले त्यस अवसरमा दिएका थिए । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि देउवालाई भेटेका थिए, जसबाट ओली निकै सशंकित बन्न पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोइरालासँग ओलीले पार्टीभित्र कुनै भवितव्य परे या नयाँ राजनीतिक घटनाक्रम विकास भएमा कांग्रेसले सहयोग गरिदेओस् भन्ने संकेत गरेका थिए । ‘तपाईंले शेरबहादुरजीसँग भेटेर खुला भएर कुराकानी गर्नुहोस् भनेँ, दुई दिनअघि भेटेको भन्नुभयो । सँगै उता पनि (दाहाल–देउवा) भेटेका छन् भन्नुभयो,’ कोइरालाले भने, ‘पार्टीभित्र अप्ठ्यारामा परिरहेका बेला दाहाल र देउवाबीचको भेटप्रति अलि संशकित भएको मैले पाएँ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने विषयलाई लिएर ओली धेरै चिन्तित भएको उनले बताए । ‘तपाईंले कसलाई बनाउँदै हुनुहुन्छ भन्दा उहाँले तपाईंलाई के लाग्छ भन्नुभयो,’ कोइरालाले कान्तिपुरसँग भने, ‘बनाउने मन्त्रिपरिषद्ले हो, तपाईं जसलाई बनाउन चाहनुहुन्छ, उही हुन्छ तर एउटा व्यक्तिका लागि संविधान संशोधनको मुद्दा ल्याउन हुन्न । भयो भने दुर्भाग्य हुन्छ । त्यसको विरोध तपाईंले पनि थाम्न सक्नुहुन्न भन्दा उहाँले ठिकै हो भन्नुभयो ।’

Vianet communication
Laxmi Bank

कोइरालाका अनुसार पार्टीभित्र आफूमाथि भइरहेको घेराबन्दीबाट ओली निकै तनावमा देखिन्थे । उनले नाम नलिई ४/५ व्यापारीतर्फ लक्षित गर्दै अर्थमन्त्री खतिवडालाई उनीहरूकै योजनामा हटाउने खेल भइरहेको बताएका थिए । ‘प्रधानमन्त्रीले तीन चारजना बिजनेसम्यान छाडा भएका छन् भनेर भन्नुभयो,’ कोइरालाले भने, ‘त्यस्ता बिजनेसम्यानका घरमै बसेर पार्टीकै नेताहरूले छलफल गरेको प्रति उहाँ असन्तुष्ट हुनुहुन्थ्यो ।’

राष्ट्रपतिबाट मनोनीतमध्येको रिक्त पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई ल्याउने कि अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने भन्ने विषयले नेकपाभित्र विवाद चुलिएको छ । ओली खतिवडाका पक्षमा छन् भने पार्टीका अन्य नेता गौतमका पक्षमा । कोइरालासँगको भेटमा पनि ओलीले खतिवडालाई निरन्तरता दिने संकेत गरेका थिए ।

विवाद चुलिँदै जाँदा सरकार संकटमा पर्ने आकलन दुवै पक्षका नेताले गर्न थालेका छन् । त्यही सेरोफेरोमा सबैभन्दा अघि अध्यक्ष दाहाल र देउवाबीच छलफल भएको थियो । दाहालसँग कुराकानी भाएको जानकारी पाएपछि ओलीले देउवालाई मंगलबार भेटेका हुन् । उनीसँग भएको कुराकानी भने आफूलाई नबताएको कोइरालाले बताए । देउवाका सहयोगी भानु देउवाले ओली र दाहाल दुवैसँग भेट नभएको बताए । ‘पछिल्लो समय दुवै नेतासँग पार्टी सभापतिको भेट भएको छैन,’ उनले भने ।

सरकार र पार्टीभित्र अप्ठ्यारो पर्दा ओलीले यसअघि पनि प्रतिपक्षी दलका नेताहरूसँग भेट्ने गरेका थिए । ओलीले त्यस अवसरमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँगको भेटको प्रसंग पनि उप्काएका थिए । ‘पार्टी र सरकारका विषयमा अप्ठ्यारो पर्दा कोइराला भेट्न बोलाउनुहुन्थ्यो, कतिपय समस्या म सर्टआउट गर्न सहयोग गर्थें,’ ओलीको भनाइ थियो, ‘पहिला त मलाई मन पराउनुहुन्नथ्यो तर एउटै क्याबिनेटमा बसेपछि मैले पनि र उहाँले पनि मन पराएका थियौं ।’

कुराकानीकै क्रममा कोइरालाले तत्कालीन सूचना तथा सञ्चारमन्त्रीको अडियो प्रकरणको प्रसंग पनि कोट्याउन भ्याए । ओलीले पुष्टि नभएको विषयलाई धेरै उछालिएको तर्क गरेका थिए । सँगै दोषी प्रमाणित भए नछाड्नेसमेत बताएको कोइरालाले बताए । ‘जिल्लाका कार्यक्रममा बोल्दा नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर मैले नै भन्दै आएको छु भनें,’ उनले भने, ‘उहाँले यो त विपक्षीको धर्म हो तर हाम्रा साथीहरूले जथाभाबी बोल्न थालेका छन् भन्नुभयो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x