कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
फागुन १६, २०७६
निर्माणमा भएको लापरवाहीले मोफसलकै पहिलो बुटवल बेलहिया (सुनौली) ‘सिक्स लेन’ सडक पूरा नहुँदै बिग्रिसकेको छ ।
लापरवाही र कमसल सामग्रीको प्रयोगले उद्घाटन नहुँदै सडक भासिएको छ । बुटवल बजार क्षेत्रको ट्राफिक चोकदेखि हस्पिटल लाइनसम्मको उबडखाबड सडकमा यात्रा गर्ने यात्रुलाई सास्ती भइरहेको छ । सडक छेउमा लगाइएका फलामका रेलिङ पनि भाँचिएका छन् ।
कतै डिभाइडर फुटेका छन्, जसले गर्दा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ तर सडक डिभिजन कार्यालय बुटवलले बिग्रिएको सडकको मर्मत र निर्माण गर्ने ठेकेदार कम्पनीलाई कारवाही गरेको छैन । हालै बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक डिभिजन कार्यालय बुटवललाई सडक हस्तान्तरण गरेको छ ।
भैरहवाको रणअम्बिका आँखा अस्पतालदेखि राष्ट्र बैंक चोकसम्मको सडकखण्ड उद्घाटन नहुँदै जीर्ण अवस्थामा पुगेको छ । बुटवलको ट्राफिकचोक, पुष्पलाल पार्क, हस्पिटल लाइन लगायतका क्षेत्रमा सडक उबडखाबड बनेको छ ।
सडक हेर्ने जिम्मा हालै सडक डिभिजन कार्यालय बुटवल लिएको छ । डिभिजन कार्यालय कमसल सामग्रीको प्रयोगका कारण नभइ ओभरलोडका कारण सडक खण्ड बिग्रिएको दाबी गर्छ । डिभिजन कार्यालय प्रमुख मेघराज मरासिनीले भारतबाट आउने मालबाहक ओभरलोडका गाडीले सडक बिग्रिएको बताउँछन् ।
उनले लोकान्तरसँग भने, ‘बेलहियाबाट छिरेका मालबाहक ट्रक देब्रेपट्टिको सडक दबेको देखिन्छ । बिटुमिनको कारण पनि यस्तो भएको हुन सक्छ तर यो सडक बिग्रिएको ओभरलोडका गाडीकै कारण भएको हो,’ उनले थपे, ‘ल्याबटेस्ट गरी निर्माण गरिएको हो बिग्रिएको सडक मर्मत गर्छाैं । यसलाई धेरै बिग्रिन दिँदैनौं ।’ २७ किलोमिटर सडक आर्थिक वर्ष २०६८/०६९ मा निर्माण शुरू गरिएको थियो । अझै यो सडक करीब ३ किलोमिटर बन्न बाँकी छ ।
इन्जिनीयर जयलाल मरासिनीले डिजाइनमा कमजोरी भएपनि छोटो समयमै सडक संरचना भासिने समस्या पनि आउने बताए । ‘यस्ता ठूला सडकहरू बेस नपुगेर पनि टुट्न सक्छ । यी सडक १० वर्ष टिक्नुपर्ने हो । सडक निर्माणमा विशेष ध्यान आवश्यक हुन्छ ।’
सडकको मिडियममा पीसीजी नगरिएकाले पनि भासिन सक्ने सम्भावना रहेको सडक क्षेत्रका जानकार पनि बताउँछन् । बुटवल–भैरहवा यात्रा गर्ने यात्रु संगम पौडेलले धेरै ठाउँमा नमूना सडक बिग्रिँदा यात्रुलाई झन्झटसँगै दुर्घटनाको जोखिम पनि थपिएको बताए । ‘सडकमा यात्रा गर्दा भोटेकोशीमा र्याफ्टिङ गरेजस्तो हुन्छ,’ उनले भने । स–सानो क्षेत्रमा मर्मतसम्भार गर्दा पनि ठेकेदारमार्फत गराउनुपर्ने तर ठेकेदार स–सानो काममा नलाग्ने भएकाले पनि समस्या थपिएको कार्यालयको भनाइ छ ।
बुटवल चौराहादेखि गोलपार्कसम्म उबडखाबड सडकलाई उप्काएर बनाउने र दबेको ठाउँमा त्यसमाथिबाटै पुनः कालोपत्रे गर्ने कार्यालयको योजना बनाएको छ । दुर्घटनाले क्षति पुर्याउनेलाई समातेर निर्माण गराउन जवाफदेही समेत बनाउने कार्यालयले बताउँदै आएको छ ।
बुटवल–बेलहिया सडक विस्तार आयोजनाका पूर्व इन्जिनीयर लिलाबहादुर भण्डारीले भन्सार कार्यालयले ओभरलोडका गाडीलाई रोक्न नसक्दा नयाँ सडक बिग्रिएको बताए । ‘बुटवल–बेलहिया सडकको भारबहन क्षमता १०.२ (एक्सएल) अथवा १० हजार २०० किलोग्राम हो । यो सडकको मात्रै हैन । संसारभरका हाइवे सडकको भारबहन क्षमता यहीँ हुन्छ । ती देशमा बढी लोड बोक्ने गाडी चल्न पाउँदैनन् । यहाँ भन्सारबाट पास भएपछि अरुले रोक्न मिल्दैन,’ भण्डारीले लोकान्तरसँग भने, ‘२० प्रतिशत भारबहन क्षमता बढी भएका सडकले ५० प्रतिशत सडक बिगार्छ । शुरूमा डिजाइन गर्दा पनि यो सडकको कमजोरी पनि भएको छ ।’ भारतबाट नेपाल आउने ८० प्रतिशतभन्दा बढी गाडी भारबहन क्षमताभन्दा बढी हुने ट्रक व्यवसायी बताउँछन् ।
सडकको लागत करीब ६ अर्ब रुपैयाँ पुगेको छ । आयोजनाको कार्यक्षेत्र २४ किलोमिटर भएकोमा २०७२ चैत १७ गतेको विभागीय निर्णयअनुसार आयोजनाको कार्यक्षेत्र बुटवलको चौराहादेखि गोलपार्क चिडियाखोलासम्म ३.५ किलोमिटर थप भई २७.५० किलोमिटर कायम भएको छ । जसमध्ये २३.२५ किलोमिटर सडक सम्पन्न भइसकेको छ । ४ लेनको बुटवल बजार क्षेत्रको सडक ४ वर्षदेखि ६ लेनमा विस्तार गर्ने योजना घरधनीले अदालतमा मुद्दा दायर गर्दा रोकिएको छ । बुटवलका ३ सयभन्दा बढी घर भत्काउनुपर्ने छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...