×

NMB BANK
NIC ASIA

रोल्पामा लगानी सम्मेलन : ऊर्जामन्त्री पुनको उपस्थितिमा छुट्टाछुट्टै सहमति र घोषणा

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

११ बुँदे संयुक्त घोषणपत्र जारी गर्दै लगानी रोल्पा लगानी सम्मेलन सम्पन्न भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभामा रोल्पाबाट प्रतिनिधित्व गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को अग्रसरतामा भएको सम्मेलनबाट कृषि, उद्योग, पर्यटन तथा जलविद्युत् लगायत क्षेत्रमा लगानीका लागि छुट्टाछुट्टै सहमति तथा घोषणामा हस्ताक्षर भएका छन् । सबै सहमति मन्त्री पुनकै उपस्थितिमा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोल्यान समूहले रोल्पामा उत्पादित जडिबुटी, बिउबिजन, आलुलगायतका कृषि उपज, अल्लो र रेशम किसानका खेतबारीबाटै खरिद गरी बजारसम्म पुर्‍याउने भएको छ । साथै ती वस्तु उत्पादन गरिरहेका किसानमाथि आर्थिक लगानी समेत गर्ने प्रतिबद्धता सो समूहले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

लगानी सम्मेलनको दोस्रो तथा अन्तिम दिन बिहीवार गोल्यान समूहका अध्यक्ष तथा वैदेशिक निर्यात प्रवद्र्धक संघका अध्यक्ष पवन गोल्यानले घोषणा गरेका हुन् । आफ्नो घोषणाले उत्पादित वस्तु बजारसम्म पुर्‍याउन नसक्दा निराश भएका किसान उत्साहित हुने विश्वास उनले गरे ।  

Vianet communication
Laxmi Bank

लगानी सम्मेलनमा नेपाल बैंक लिमिटेडले कृषि, जडिबुटी र पर्यटन क्षेत्रमा लगानी गर्ने प्रतिबद्धतासहित सम्झौता गरेको छ । त्यसका लागि नेपाल बैंक लिमिटेड र रोल्पा नगरपालिका  तथा नेपाल बैंक लिमिटेड र माडी गाउँपालिकाबीच दुई छुट्टाछुट्टै सहमतिमा हस्ताक्षर भएको छ । प्रादेशिक कार्यालय प्रदेश ५ प्रमुख पासाङ दोर्जे शेर्पा र माडीका नन्दबहादुर पुनबीच हस्ताक्षर सम्झौताअनुसार बैंकले पालिकासँगको समन्वयमा कृषि, जडिबुटी र पर्यटन क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ ।

लगानी सम्मेलनकै क्रममा २ मेगावाटको धाङसीखोला जलविद्युत् आयोजना निर्माण गर्ने सहमति पत्रमा पनि हस्ताक्षर भयो । जलविद्युत आयोजना रोल्पा नगरपालिका र उद्योग वाणिज्य संघ रोल्पाले मिलेर बनाउने भएका हुन् ।

सहमति पत्रमा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, उद्योग वाणिज्य संघका अध्यक्ष विश्व चन्द र धाङसीखोला आयोजनाका कार्यकारी अध्यक्ष कृष्णप्रसाद देवकोटाले हस्ताक्षर गरे । 

लिवाङ नगरपालिकाको २, ४, ९ तथा १० नम्बर वडामा निर्माण हुने आयोजनामा एनएमबी बैंकसँग नगरपालिका र संघले  आर्थिक लगानीसम्बन्धी छुट्टै सम्झौता समेत गरेका छन् । २ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख केसीले जानकारी दिए । उनका अनुसार आयोजनामा इच्छुक स्थानीय वासिन्दको समेत लगानी रहेछ । 

रोल्पाको घर्ती गाउँमा रहेको रोल्पा सिमेन्ट प्रालिले आफ्नो उत्पादनमा उच्च वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।  सम्मेलनमा रोल्पा सिमेन्ट प्रालिका अध्यक्ष अरुण कर्णले आफ्नो दैनिक उत्पादन ४० हजार बोरा पुर्‍याउने घोषणा गरे ।

हाल रोल्पा सिमेन्टले दैनिक ८ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । सिमेन्टले रोल्पालीलाई रोजगारीमा प्राथमिकता दिने तथा जिल्लाबासीका लागि साधारण सेयर जारी गर्ने भएको छ । 

रोल्पा नगरपालिका, उद्योग वाणिज्य संघ रोल्पा र हरियाली कृषि अभियान म्याग्दीबीच सदरमुकाम लिवाङमा एकीकृत कृषि फर्म स्थापना गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । १ सय रोपनी जमिनमा नमूना कृषि फर्म स्थापना गर्ने सहमतिमा उल्लेख छ । फर्मले मौसमी तथा बेमौसमी तरकारी, माछा, कुखुरा तथा पशुपालन गर्नेछ ।

सहमतिपत्रमा नगर प्रमुख पूर्ण केसी, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व चन्द हरियाली अभियानका अध्यक्ष राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले हस्ताक्षर गरे । 

१५६ मेगावाटको माडीखोला जलासययुक्त आयोजनाले जिल्लाबासीका लागि साधारण सेयर जारी गर्ने भएको छ । कार्यक्रममा आयोजनाका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले  रोल्पालीका लागि न्यूनतम शुल्कमा सेयरको घोषणा गर्ने जानकारी दिए ।

सम्मेलन उद्घाटन तथा बन्द दुवै सत्रमा प्रमुख अतिथि रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले रोल्पा विगतमा १० वर्षे जनयुद्धको केन्द्र रहेको चर्चा गर्दै पछिल्लो १२ वर्ष शान्तिको केन्द्र बनेको र अब उत्पादन र व्यवसायको केन्द्र बनाइने घोषणा गरे । ‘हिजो रोल्पा जनयुद्धको केन्द्र थियो । बीचमा १२ वर्षजति शान्तिको केन्द्र बन्यो,’ मन्त्री पुनले भने, ‘अब हामी रोल्पालाई उत्पादन र व्यवसायको केन्द्र बनाउँछौ ।’ 

मन्त्री पुनले कृषि, जडिबुटी, खानी र पर्यटनमा लगानी गर्नका लागि रोल्पा आउन देशभरका लगानीकर्तालाई अपिल गरे । उनले लगानीको सुरक्षा र व्यवसाय प्रवद्र्धनमा राजनीतिक नेतृत्वको तर्फबाट हरप्रकारको सहयोग र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए । सम्मेलनमा ऊर्जामन्त्री पुनका साथै पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य ओनसरी घर्ती, प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती, प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश ५ का प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन, जिल्लाका सबै स्थानीय तहका प्रमुख/उपप्रमुख लगायत सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x