×

NMB BANK
NIC ASIA

एनआईसी एशिया बैंकका ग्राहकलाई वाल क्लेम्बिङमा विशेष छुट

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एनआईसी एशिया बैंक लिमिटेड र एस्ट्रिक क्लेम्बिङ वाल प्रालिबीच बैंकका ग्राहक एवं बैंकका कर्मचारीलाई कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । 

Muktinath Bank

समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समझदारी अनुसार बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लेम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०% छुट हुनेछ ।


Advertisment
Nabil box
Kumari

बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५०% छुट हुनेछ । छुट सुविधा १ वर्षसम्म लागू हुनेछ । समझदारीले यस खेलमा रमाउन चाहने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । बैंकले कार्ड तथा मोबाइल बैंकिङबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकको अधिकतम लाभका लागि योजना ल्याइएको छ ।

Vianet communication
Laxmi Bank

बैंकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीले बैंकको कार्ड तथा मोबाइल बैंकिङका माध्यमबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २०० वटाभन्दा बढी मर्चेन्टबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पताल, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानबाट ग्राहकले सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकले मर्चेन्टहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न बैंकको वेबसाइटमा हेर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करीब २१ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x