×

NMB BANK
NIC ASIA

कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारबारे अनुगमन गरिने

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले मुलुकका सातै प्रदेशमा रहेका कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारको अवस्थाका सम्बन्धमा अनुगमन गर्ने भएको छ ।

Muktinath Bank

समितिले त्यसका लागि सातै प्रदेशमा सातवटै संसदीय टोलीमार्फत यथाशीघ्र छिटो  अध्ययन/अनुगमनको तयारी भइरहेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीले मोरङ, इलाम, पर्सा, महोत्तरी, कास्की, बागलुङ, रुपन्देही, दाङ सुर्खेत, मुगु, कैलाली, डलेल्धुरा, चितवन र काठमाडौंको केन्द्रीय कारागारको अनुगमन गर्नेछ । प्रदेशगतरुपमा नमूना छनौटका आधारमा कम्तीमा २/२ कारागारको अनुगमन गर्ने निर्णय भएको सभापतिले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बैठकमा सांसद मातृका यादवले सुधार गृहका रुपमा रुपान्तरण गर्ने भनिए पनि हाम्रा कारागार अहिले अपराधी उत्पादन गर्ने थलो भइरहेको बताए । उनले भने, ‘जेललाई सुधारगृह बनाउने भनिएको छ तर अहिलेसम्म पटक्कै सुधार भएको छैन, सबैभन्दा ठूलो अपराधी चौकीदार बन्दोरहेछ, त्यहाँ डेमोक्रेसी छैन, अत्याचार अन्त्य गर्न जेलमा चुनाव हुनपर्छ ।’

Vianet communication
Laxmi Bank

राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा गरी ७ वर्ष जेल जीवन व्यतित गरेको घटना सुनाउँदै उनले भने, ‘ठूलो अपराधमा जेलसजाय भोगेको चौकीदार, नाइके र भाइनाइकेले अरुमाथि मरणाशन्न हुने गरी हातपात र अन्याय गर्ने प्रवृत्ति जेलमा छ, त्यसलाई अन्त्य गर्नुपर्छ । कानून र गृहमन्त्रीबीच छलफल गरी अब जेलमा प्रतिनिधि छान्न चुनाव गराउनेतर्फ समितिले अग्रसरता लेओस् ।’

‘जेललाई उत्पादनमूलक बनाउनुपर्‍यो, बालक, रोगी, ज्येष्ठ नागरिकबाहेक उत्पादनशील श्रम कारागारमा त्यत्तिकै बसेको छ, उसलाई अनिवार्य श्रममा लगाउनुपर्छ, अनि देश बन्छ,’ उनी भन्छन् ।

गाउँघरमा अझै पनि जनप्रतिनिधिले नै छुवाछूत मात्र होइन, बोक्सीका नाममा कुटपिट हुने गरेको बताउँदै सांसदले भने, ‘हाम्रो चिन्तनअनुसार भगवान् जहाँ हुन्छ, त्यहाँ भूत पनि हुन्छ, भगवान् र भूत सँगसँगै जोडिएको विषय हो, यो विचारसँग बहस गर्नुपर्ने विषय हो, यसलाई चेतनामार्फत अन्त्य गर्नुपर्छ ।’

नेपालका जेल निकै कठिन अवस्थामा रहेको बताउँदै सभापति पोखरेलले भने, ‘त्यहाँ मानव अधिकारको पूर्ण प्रत्याभूति छैन भन्ने प्रश्न उठेको छ, २०० क्षमता भएको जेलमा ८/९ सयको संख्यामा कैदी छन् । कानूनी सहायताको पक्ष पनि त्यति प्रभावकारी छैन । स्वास्थ्य उपचारको पक्ष पनि कमजोर छ ।’ सातै प्रदेशका २/२ वटा जेलको अवलोकन गरी ल्याएको  प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिइनेछ । 

मुलुकका कारागारलाई सुधारगृहका रुपमा स्थापित गर्ने भन्ने मान्यता नेपालको दण्ड प्रणाली समावेश गरिएको छ । बैठकमा मुलुकी संहिता, देवानी संहितालगायतका कानून कार्यान्वयमा आएपछि देखिएका समस्या सम्बोधन गर्न ती कानून संशोधन हुनुपर्छ भन्ने कोणबाट चौतर्फीरुपमा कुरा उठेका बारेमा समितिका सदस्यलाई जानकारी गराइएको थियो । 

सरकारले छिटोभन्दा छिटो समयसापेक्ष संशोधन विधेयक प्रस्तुत गर्न ध्यानाकर्षण गराउने संसदीय समितिले निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयले ती कान्ूनले पारेको अप्ठ्यारोका विषयमा संसदीय समितिको ध्यानाकर्षण गराएको थियो ।

बैठकमा केही सांसदले केही जातीय विभेदका घटनामा राष्ट्रसेवक कर्मचारी नै संलग्न रहेको गरेको भन्ने कोणबाट उजुरी आएको हुँदा त्यस्ता कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन गृहमन्त्रालयको ध्यानाकर्षण गराउन आवश्यक रहेकोबारे समितिको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले समितिमा भएको छलफलका आधारमा कारागार अझै पनि पञ्चायती काललाई नै स्मरण गराउने खालको रहेको देखिएकाले व्यापक सुधारको खाँचो औंल्याइन् । उनले भनिन्, ‘समितिका सदस्यको अनुभव सुन्दा त्यतिबेलाको तुलनामा अहिले पनि खासै परिवर्तन भएको जस्तो अनुभूति भएन, संसदीय समितिबीचका काम कारवाही र निर्देशनमा पनि दोहोरो नहोस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x