×

NMB BANK
NIC ASIA

नेपालको नयाँ नक्सा छिट्टै सार्वजनिक गरिने

फागुन १६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नयाँ नक्साबारे सुझाव दिन गठित प्राविधिक समितिले सुझाव पेश गरेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नापी विभागको पनि प्राविधिक टोली उक्त कार्यमा क्रियाशील रहेकाले काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

अव्यवस्थित बसोबासको समस्या समाधान र सुकुम्बासीको समस्या समाधानका लागि आयोग निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी गराइन् । कानून निर्माणपछि कार्यान्वयन गर्न कानूनको मातहतमा गएर नियमावली बनाउने र गठन आदेश निर्माण गरेर आयोग बनाउने काम अगाडि बढेको मन्त्री अर्यालले बताइन् ।

Vianet communication
Laxmi Bank

'अर्थ मन्त्रालयमा गठन आदेश पुगेको छ, सबै प्रक्रिया पूरा गरेपछि आयोग गठन हुन्छ', उनले भनिन्, 'आयोग गठनको अन्तिम चरणमा छ, यो आयोग कानूनबाट निर्मित आयोग हो र यो शक्तिशाली हुन्छ ।' 

व्यक्तिको २८४ बिघा सरकारका नाममा

मन्त्रालयले विगतमा व्यक्तिको नाममा दर्ता भएको  २८४ बिघा जग्गा फिर्ता गरी सरकारकै नाममा कायम गरेको छ । सो पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा उक्त जग्गा व्यक्तिको नामको फिर्ता गरेको जानकारी गराइएको हो ।

बारा, कलैया, रसुवा, मकवानपुर, भोजपुर, बाँके र सिराहलगायत स्थानको उक्त जग्गा सरकारको नाममा ल्याइएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी गराए ।

त्यस्तै सरकारको नाममा कायम गर्न १३ बिघा १८ कट्टा ११ धुर जग्गा पनि रोक्का गरिएको छ । यस अवधिमा भूमिसम्बन्धी ऐनको आठौँ संशोधन पनि ल्याउने तयारी भइरहेको बताइएको छ ।

गुठी जग्गाको संरक्षणका लागि समिति गठन र मन्त्रालयले भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्न एकीकृत भूमि ऐन तर्जुमा गर्ने तयारी गरेको छ ।

सेवा प्रवाहलाई सुधार गर्न र सुशासन कायम गर्न मालपोत र नापी कार्यलयमा विद्युतीय माध्ययमबाट काम हुन थालेको र हालसम्म १०८ कार्यालयमा अनलाइन माध्यमबाट काम भइरहेको जानकारी दिइएको छ ।

जग्गाको वास्तविक नापजाँच गर्न अत्याधुनिक प्रविधि लाइडर पहिलो पटक प्रयोगमा ल्याइएको छ । त्यस्तै भूमिको समुचित उपयोग सुनिश्चित गर्न पहिलोपटक भूउपयोग ऐन २०७६ तथा राष्ट्रिय भूमि नीति २०७५ लागू गरिएको छ ।

नेपाल–भारत सीमामा १९३ सीमा स्तम्भ निर्माण र यसअघिका ८९० सीमा स्तम्भलाई मर्मत सम्भार गरिएको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x