बेडरुम सिन गरेर दिक्क भइन् यी नायिका, भनिन् – बरु पैसा कम दिनूस् !

दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित नायिका इन्ड्रिया जेरेमिया दर्शकको मन जित्न सफलमध्ये पर्छिन् तर आफ्नो भूमिकाले उनी आफैं दिक्क देखिएकी छन् ।

फिल्ममा आफूले पाउने बेडरुम सिनका कारण आफू  थाकिसकेको अभिव्यक्ति उनले दिएकी छन् । कतिपय फिल्ममा ‘बोल्ड’ सिन खेलेकी नायिका जेरेमियालाई अधिकांश फिल्ममा बेडरुम सिन अफर गर्ने गरिएको छ ।


Advertisement

जेरेमियाले गौतम वासुदेव मेनन निर्देशित फिल्म ‘पचैकिली मुथुचाराम’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेर ‘नाल मुधल’मा समेत छोटो अभिनय गरेकी थिइन् । पछिल्लो समय उनी ‘भडा चेन्नई’मा देखिएकी थिइन् । यो फिल्ममा उनले बेडरुम सिन गरेकी थिइन् ।

फिल्मबारे एक अन्तर्वार्ता दिँदै उनले हरेक फिल्ममा एकै किसिमका बेडरुम सिन गरेर आफूलाई दिक्क लाग्ने गरेको बताइन् ।


Advertisement

अन्तर्वार्तामा उनले आफूलाई फिल्ममा केही राम्रो भूमिका मिलेमा पैसा कम लिन तयार रहेको समेत बताइन् । हिजोआज नायिका जेरेमिया तलपति विजयको फिल्म मास्टरमा व्यस्त छिन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्