×

NMB BANK
NIC ASIA

संसद्‍मा देउवाको प्रश्न– ७० करोड बार्गेनिङमा गोकुल बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ?

फागुन १८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको एक सातासम्म पनि छानबिन शुरू नहुनु गम्भीर भएको बताएका छन् । 

Muktinath Bank

तत्कालीन मन्त्री बाँस्कोटाले कमिसन बार्गेनिङ गर्दा 'हामी' भनेको उल्लेख गर्दै देउवाले हामी भनेर कसलाई भन्न खोजेको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जफाव समेत माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै नेता देउवाले ७० करोड सम्बन्धमा छानबिन गर्ने निकायले छानविन शुरू नगर्दै बाँस्कोटाको अडियो नक्कली हो भनेर प्रधानमन्त्रीले आफ्नो विश्वसनीयता गुमाएको टिप्पणी पनि गरे ।


Advertisment
Nabil box
Kumari

‘सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्रीले ७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको हप्तादिन पुग्दा पनि छानबिन नहुनु, सञ्चारमन्त्रीले हामी भनेर कसलाई भनेका हुन्, हामीभित्र को–को हुन्, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ देउवाले भने, ‘छानबिन गर्ने निकायले छानबिन शुरू गर्नुभन्दा पहिला अडियो नक्कली हो भन्ने प्रधानमन्त्रीको बोलीको विश्वसनीयता कमजोर भएन ?’ 

Vianet communication
Laxmi Bank

देउवाले ७० करोडको अडियोबाट ध्यान मोड्नका लागि नेपाल ट्रस्टको जग्गामा आफ्नो नाम मुछेको आरोप लगाए ।

उनले सरकारले पेट्रोलियम पदार्थका कर बढाउने काम गरेको भन्दै यसलाई रोक्न माग समेत गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x