×

NMB BANK
NIC ASIA

गण्डकीलाई उज्यालो प्रदेश घोषणा गरिने

फागुन १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षभित्रमा प्रदेशका सम्पूर्ण घरधूरीमा बिजुली बत्ती र आधारभूत खानेपानीको प्रबन्ध गरिने बताएका छन्।

Muktinath Bank

कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर १ र २ लाई जोड्ने गरी खारपानीस्थित सेती नदीमा निर्माण गरिएको पक्की मोटरेवल पुलको आज उद्घाटन गर्दै उनले प्रदेशका पाँच लाख ८७ हजार २१९ घरधूरीमा नै खानेपानी र बिजुली बत्तीको प्रबन्ध गर्ने अभियानका साथ सरकारअघि बढेको उल्लेख गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको पहिलो निर्णय दुई वर्षभित्र खानेपानी र बिजुली बत्ती पु¥याउने भएपनि तथ्यांक संकलनमा ढिलाइ हुँदा एक वर्ष समय खर्चिनुपरेकाले आगामी वर्ष सबै घरधूरीमा बत्ती र पानीको प्रबन्ध गर्नका लागि चालू वर्षमा ३४ खानेपानी आयोजना शुरुआत गरिएको तथा नेपाल विद्युत् प्राधिकरणको बुटवल र पोखरा क्षेत्रीय कार्यालयसँग प्रशारणलाइन पु¥याउने गरी सम्झौता भएको मुख्यमन्त्री गुरुङले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय प्रशारणलाइन पुग्न ढिलाइ हुने मुस्ताङ र उत्तरी गोर्खाका केही गाउँमा सोलार प्यानलबाट बत्ती लैजाने योजना रहेको बताउँदै उनले भने, ‘धेरै बिजुली उत्पादन गर्ने प्रदेश भए पनि यहाँका नौ प्रतिशत घरमा बिजुली नपुग्दा टुकी बाल्नुपर्ने बाध्यताको अन्त्य गरी अर्को वर्ष गण्डकी प्रदेशका सम्पूर्ण घरमा बिजुली पु¥याएर उज्यालो प्रदेश घोषणा गर्दछौँ।’ 

Vianet communication
Laxmi Bank

प्रदेश सरकारले जनताको हित र ग्रामीण जनताको गरिबी हटाउँदै  विकासका लागि सडक, खानेपानी, बिजुली, कृषि तथा पर्यटनमा नयाँ नयाँ योजनाअघि सारेर विदेश र पोखरामा बस्नेलाई गाउँ फर्काउने योजनामा रहेको उनले बताए। 

भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकार गठनपछि २० पुल सम्पन्न भएका तथा १ सय ४५ सडक तथा पुलका योजना निर्माणको चरणमा रहेकामा यसै आर्थिक वर्षभित्रमा ३० देखि ४० पुल सम्पन्न हुने जानकारी गराए।

वर्षौदेखि सम्पन्न नभएका योजना प्रदेश सरकारलाई हस्तान्तरणपछि सम्पन्न हुँदै गएका बताउँदै उनले चालू वर्षमा १ सय २१ झोलुङ्गे पुल निर्माण गरी जहाँ समस्या त्यहाँ प्रदेश सरकार भन्ने अभियानका साथअघि बढेको स्पष्ट पारे। प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले गाउँपालिकाको रातोपानी, धिप्राङ र मर्दिखोलामा पक्की मोटरवेल पुल निर्माणका लागि योजना पेश गरिएको बताउँदै यसबाट गाउँपालिकाका नौवटै वडा तथा पोखरासम्म सडक सञ्जालले छुने जानकारी गराए। 

साविक जिल्ला विकास समितिबाट ०७२ चैत १९ गते निर्माण सम्झौता भएको सो पुल प्रदेश सरकार गठनपछि पूर्वाधार विकास कार्यालय मातहतमा आएको थियो। कुल चार करोड नौ लाख ३३ हजार ७४० लागतमा निर्माण गरिएको प्रि-स्ट्रेसड आरसीसी बक्स ग्रिडर डिजाइनको सो पुल ५८ मिटर लामो छ।

नेपालमा भित्रिएको पछिल्लो प्रविधिलाई अनुशरण गरी निर्माण गरिएको पुल प्रदेशको पहिलो रहेको पूर्वाधार कार्यालयका प्रमुख एवं डिभिजनल इञ्जिनीयर शोभियत खड्काले बताए। गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले ऊर्जा, कृषि तथा पर्यटन विकासका माध्यमबाट समृद्धि प्राप्तिमा अघि बढेको उल्लेख गरे। 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x