कात्तिक २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७३/७४ को खेतीकाे समय सकिएपछि निजी बीउ व्यवसायीसँग मकैको बीउ खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। कृषकलाई उन्नत बीउबिजन खरिद मूल्यमा अनुदानसम्बन्धी कार्यविधि, २०६८ अनुसार वितरण नगरी खरिद तथा बिक्रीवितरण गरिएको नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको पाइएकाले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ।
सरकारी अनुदानमा बिक्रीवितरण गर्नुपर्ने ११८ मेट्रिकटन उन्नत जातको मकैको बीउ खरिद नै नगरी नक्कली कागजात बनाएको पाइएको छ। अख्तियारले कम्पनीका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीविरुद्ध ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । यस्तै युनिक सिड कम्पनी धनगढी तथा कृषक सहयोग केन्द्र कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकालविरुद्ध आयोगले ३५ लाख ६ हजार ४ सय बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ।
बिज वृद्धि कम्पनी रत्ननगर चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीविरुद्ध ११ लाख आठ हजार ८सय १, बीउबिजन कम्पनीका कामु महाशाखा प्रमुख रेवतीरमण ओझाविरुद्ध ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ।
यस्तै सोही कम्पनीका महाशाखा प्रमुख महेशकुमार पौडेलविरुद्ध ४६ लाख १५ हजार २०१, कम्पनीका तत्कालीन शाखा अधिकृत बिन्दु थापाविरुद्ध ४६ लाख १५ हजार २ सय १, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र स्टोरकिपर धर्मेन्द्रकुमार झाविरुद्धसमेत ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...