×

NMB BANK
NIC ASIA

विश्वका ६४ भन्दा बढी मुलुकमा भेटिएको कोविड-१९ नामको नोबेल कोरोना भाइरस संक्रमणको चासो र चिन्ता नेपालमा पनि ह्वात्तै बढेको छ ।

Muktinath Bank

नेपालमा कोरोनाबाट संक्रमणको कुनै प्रमाणित 'केस' नेभेटिए पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेपछि आमनागरिक संक्रमणको त्रासमा देखिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले आफ्नो तर्फबाट कोरोनासँग लड्ने तयारी पूर्णरूपमा गरिरहेको दाबी गरेको छ । लोकान्तरसँग कुरा गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सरकारले कोरोना संक्रमण विरुद्ध लड्न युद्धस्तरमा तयारी गरिसकेको बताए । 


Advertisment
Nabil box
Kumari

'कोरोनाको संक्रमण नेपाल भित्रिन नदिन शतप्रतिशत पूर्वतयारीको अवस्थामा छ,' राज्यमन्त्री नवराज रावतले लोकान्तरसँग भने, 'यदि भित्रिइहालेमा, अथवा नेपालमा त्यो संक्रमण देखिएमा त्यसलाई सामना गर्नका लागि पनि हामी तयार भएर बसेका छौं ।'

Vianet communication
Laxmi Bank

राज्यमन्त्री रावतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क थप्ने, चीनसँग सीमा जोडिएका क्षेत्रहरूमा डाक्टर पठाउने काम भइरहेको बताए । 

उनले मिडियाबाजीका कारण जनतामा अलि बढी त्रास फैलिने हो कि भन्ने चिन्ता व्यक्त गरे ।

'हामी त रेडी पोजिसनमा छौं, तर मिडियाबाजीका कारण जनतामा त्रास फैलिने हो कि भन्नेमा पनि सचेत हुनुपर्छ । रुघाखोकी र ज्वरो आउने काम सामान्य हो, त्यसैलाई कोरोना हो कि भनेर आम सर्वसाधारण चिन्तित हुने जोखिम बढेको छ ।' 

राज्यमन्त्री रावतले नेपालमा यदि कोरोनाको संक्रमण भेटिइहाल्यो भने सरकारी र निजी दुवै अस्पताललाई तत्काल उपचारका लागि प्रयोग गर्ने रणनीतिमा सरकारको रहेको बताए ।

'प्राइभेट हस्पिटल पनि आवश्यक पर्दा सरकारले प्रयोग गर्न सक्छ, सरकारले नै अनुमति दिएको त हो,' उनले भने, 'पहिला चाहिँ नेपालमा कुनै संक्रमण नभेटियोस् भन्नेमा हामी सचेत छौं ।'

सरकारले के–के गर्‍यो ?

गत आइतवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनासँग लड्न सरकारले तीन रणनीतिमा काम गरिरहेको बताएका थिए । 

मन्त्री ढकालले सरकारको पहिलो रणनीति कोरोना संक्रमणलाई नेपाल आउन नै नदिने रहेको बताए । 

दोस्रो रणनीतिका रूपमा उनले भने, 'नेपालमा यदि कोरोना भित्रिए त्यसलाई निर्मूल पार्न सम्पूर्ण जनशक्ति लगाइनेछर यदि संक्रमण फैलिइहालेमा स्वास्थ्य संकटकाल घोषणा गरेर नेपालका सबै अस्पताललाई उपचारका लागि प्रयोग गरिनेछ ।'

ढकालले संक्रमित भेटिएको अवस्थामा तत्कालका लागि ४३ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको बताए । 

अहिले सरकार पहिलो चरणको रणनीतिमा लागेको छ । राज्यमन्त्री रावतका अनुसार विमानस्थलमा हेल्थ डेस्कको संख्या बढाइएको छ भने आउने यात्रुलाई 'लिक्विड स्यानिटाइजर' छर्किने व्यवस्था मिलाइएको छ । आउने जाने सबैको अनिवार्य रूपमा तापक्रम नाप्ने व्यवस्था मिलाइएको छ । 

राज्यमन्त्री रावतले स्वास्थ्य सामग्री, जनशक्ति र तयारीका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । 'अहिलेको प्राथमिकता भनेको महामारी भित्रिन नदिनु र भित्रिएको देखिएमा त्यसविरुद्ध सम्पूर्ण शक्ति केन्द्रित गर्नु हो,' उनले भने, 'स्रोत, साधन र जनशक्तिको अभाव हुने कुरा छोड्दिनुस । त्यसो हुन सम्भव छैन ।'  

कोरोना नेपाल छिर्न नदिन सम्भव छ ? 

रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिसमेत सरकारले गठन गरेको छ । समितिमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललगायतका मन्त्रीहरू छन् ।

समितिले विश्वस्तरमा फैलिरहेको रोग कोरोनाबाट नेपालमा जनस्वास्थ्य र अर्थतन्त्र लगायतका पक्षहरूमा पर्न सक्ने असरको अध्ययन र विश्लेषण गरी उपयुक्त कदम चाल्ने निर्णय लिनेछ ।

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठनले नेपाललाई 'हाई रिस्क जोन'मा राखिसकेपछि सरकार अझ बढी सतर्क भएर तयारी थालेको बताए । 

'हामीले सबै नेपालीलाई ट्राभल एड्भाइजरी जारी गरेका छौं । १० मार्चदेखि नेपाल आउने पर्यटकले आफूलाई कोरोना नलागेको सर्टिफिकेट पेश गर्नुपर्नेछ,' उनले भने ।

उनले संक्रमित ठाउँबाट आउनेहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको जानकारी दिए । मास्क, सेनेटरीको बजार अनुगमन गर्ने र उत्पादन गर्ने उद्योगलाई उत्पादन बढाउन आग्रह गर्ने निर्णय पनि सरकारले गरेको उनले बताए । 

सोमवार नै सर्वोच्च अदालतले कोरोनाको संक्रमण रोक्न संक्रमित क्षेत्रबाट नेपाल आउने जहाज अवतरणमा रोक लगाउन सरकारका नाममा अन्तरिम आदेशसमेत दिइसकेको छ । 

संसद्‍मा समेत कोरोना चर्चा 

विश्वव्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त सचेतना नअपनाएको प्रति सांसदहरूले समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा आधा दर्जन सांसदले 'कोरोना चर्चा' गरे । सबैको एउटै आवाज थियो, 'कोरोनाको जोखिमबाट जनतालाई बचाउन सरकार पर्याप्त तयारीमा लाग्नुपर्छ ।'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले चीनको भ्रमण गरेका मंगोलियाका राष्ट्रपतिलाई समेत आइसोलेसनमा राखिएको प्रसंग उल्लेख गरे । 'थर्मल स्क्यानिङका भरमा संक्रमित क्षेत्रबाट आएका विदेशीलाई नेपाल भित्रिन दिनुहुँदैन,' उनले भने । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसद देवेन्द्र पौडेलले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट बचाउन अझ उच्च प्रकारको सतर्कता अपनाउनु जरुरी रहेको बताए । 

‘कोरोना भाइरसको निकै कहालीलाग्दो र भयावह वातावरणको अनुभूति गरिरहेका छौं, नेपाल सरकारले सक्रियतापूर्वक भूमिका निर्वाह गर्‍यो अझ उच्च सतर्कता अपनाउनु जरुरी छ,’ उनले भने । 

नेकपाका अर्का सांसद कृष्णभक्त पोखरेल, संसदीय दलकी सचेतक शान्ता चौधरी लगायतले नेपाललाई कोरोनाको संक्रमणबाट जोगाउन सरकारले पर्याप्त तयारी गर्नुपर्ने कुरामा जोड दिए ।

महत्त्वपूर्ण मुद्दामा छलफल हुँदा नेपाली समाज प्राय विभाजित हुने गर्छ । तर कतिपय कुराहरूमा भने सरकार, प्रतिपक्षी, नागरिक समाज र आम सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटै धारणा बन्छ । 

कोरोनाका सन्दर्भमा सबै एकजुट भएको देखिन्छ । नेपालीहरूबीच यस्तो एकता भारतले नेपाली भूमि समेटेर नक्सा जारी गर्दा पनि देखिएको थियो । 

सोमवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकार र आम नागरिकका नाममा कोरोना संक्रमण रोकथामका लागि १४ बुँदे अपील गर्‍यो । कोरोना विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेका बेला नेपालले सम्पूर्ण सतर्कता अपनाउनुपर्ने टड्कारो अनिवार्यता रहेको भन्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अपील जारी गरेका थिए । 

उनले भने, 'यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन समस्त नेपालीको ऐक्यवद्ध दृढताका लागि नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।' 

नेपालको अवस्था निरन्तर विश्व स्वास्थ्य संगठनको निगरानीमा 

मंगलवार बिहान लोकान्तरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखको जिम्मेवारी बहन गरेका डाक्टर वासुदेव पाण्डेसँग सरकारको तयारीबारे जान्ने प्रयास गरेको थियो । 

उनी विश्व स्वाथ्य संगठनका पदाधिकारीहरूसँग छलफलमा व्यस्त देखिए । 

'डब्ल्युएचओका अधिकारीहरू आउनु भएको छ, हामी छलफल गरिरहेका छौं,' डाक्टर पाण्डेले लोकान्तरसँग भने, 'हाम्रो तयारीका बारेमा उहाँहरूले निरन्तर निगरानी गर्नुभएको छ । हामी उहाँहरूकै मापदण्डअनुसार अघि बढिरहेका छौं ।'

डाक्टर पाण्डेले तत्कालका लागि एयरपोर्टमै रोकथाम गर्ने सन्दर्भमा काम भइरहेको बताए । 

'पहिलो कुरा त एयरपोर्टमा स्क्रिनिङ गर्ने कुरा भइरहेको छ,' उनले भने, 'हामीले ट्राभल फर्म जस्तो इन्डिभिजुअल डिक्लेरेसन गराउँछौं । केही देखिएमा तत्काल एक्सनमा जाने हाम्रो तयारी छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x