वसन्तपुरमा चीर ठड्याइएपछि फागु शुरू

फाइल फोटो

ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरू भएको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बुधवार बिहान ७ः५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले जानकारी दिए ।


Advertisement

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि उपत्यकामा फागु पर्व शुरू हुने परम्परा छ । फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व हर्षोल्लासका साथ मनाइन्छ । चीर ठड्याएसँगै वसन्तपुरमा रङ्गीबिरङ्गी रङ खेली खुशी मनाइएको थियो  । 

फागुन शुक्ल पूर्णिमाका दिन बेलुकी ७ः११ बजे चीर ढाल्ने साइत समितिले दिएको छ । सोही दिन राति ८ः५१ बजे चीर तानेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन २६ गते सोमवार र तराईका जिल्लामा फागुन २७ गते मंगलवार फागु पर्व मनाइँदैछ ।


Advertisement

कमेन्ट गर्नुहोस्