माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
पछिल्ला केही दिन शेयर बजारमा अस्वभाविक उतारचढाव आइरहेको छ । जब–जब डा. युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल नपथिने प्रसंग उठ्छ, शेयर बजारमा हरियो बत्ती बल्छ । जब खतिवडाको कार्यकाल थपिने कुरा आउँछ, शेयर बजारमा पहिरो जान्छ । यो क्रम हप्ताभरि नै चलिरहेको छ ।
नेपालको शेयर बजारलाई अर्थतन्त्रको भरपर्दो सूचकांक मान्ने कि नमान्ने भन्नेमा बहस छ । परन्तु पूँजीवादी अर्थ व्यवस्थामा शेयरबजार अर्थतन्त्रको एउटा आधार मानिँदै आएको छ, विश्वभरी नै । देशले लिने अर्थनीति र राजनीतिक घटनाक्रमको संक्रमण नेपालको शेयरबजारमा पनि देखिने गरेको छ । २ वर्षमा शेयर बजारले खतिवडालाई खासै रुचाएन ।
२०७४ फागुनमा युवराज खतिवडालाई अर्थमन्त्री बनाइँदा देशको अर्थतन्त्रले नयाँ गति लिने अपेक्षा आमसर्वसाधारणको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टेक्नोक्र्याट विज्ञलाई अर्थमन्त्री रोजेको भनेर प्रशंसा पनि भयो ।
डगमगाएको देशको अर्थमन्त्रलाई सही दिशा दिने अपेक्षा धेरैमा थियो । विगतमा राष्ट्र बैंकको गभर्नरको रूपमा बनाएको छविका कारण पनि उनीसँग जनताले धेरै अपेक्षा राखेका थिए ।
मन्त्री बनेको तीन महिनामै खतिवडाले आमनेपालीलाई चरम निराश बनाए– बजेटमार्फत । बजेटमार्फत खतिवडाले जनताको जीवनस्तर उकास्ने कुनै कार्यक्रम ल्याउन सकेनन्, उल्टै करको बोझ बढाए । गाई गोठाला र खच्चर धपाउने भरियालाई समेत करको बोझमा पारेको भन्दै संसद्मा विरोध भयो । मन्त्री बनेलगत्तै देशको ढुकुटी रित्तो छ भनेर उनले श्वेतपत्र जारी गरे, त्यसले पनि निराशा बढायो ।
प्रधानमन्त्री, नेकपा संसदीय दलका नेता एवं नेकपा अध्यक्ष केपी शर्मा ओली खतिवडाको पक्षमा सतिशाल जस्तै अडिग देखिए । फागुन ३ गते सरकारको दुई वर्षे कार्यकालको समीक्षा गर्ने क्रममा ओलीले देशको अर्थतन्त्र सही दिशामा अगाडि बढिरहेको भनेर खतिवडाको प्रशंसा गरे, तर खतिवडाको बजेटप्रति सबैभन्दा बढी नेकपा सांसदहरू नै आक्रोशित छन् ।
‘हामीलाई मतदातासँग फेस गर्न गाह्रो परिरहेको छ,’ नेकपाका एक जननिर्वाचित सांसद भन्छन् ।
समृद्ध नेपाल, सुखी नेपालीको लोकप्रिय नारा बोकेका अर्थमन्त्री खतिवडाले नेपालको खुलाबजार अर्थतन्त्रलाई नियन्त्रित गर्न खोजेको आरोप लाग्यो । कालोधनलाई निर्मुल गर्ने उनको अभियानको प्रशंसा भयो, तर उनले यति कठोर नीति लिए कि–सर्वसाधारणहरू बैंकमा जान पनि तर्सिन थाले ।
आफैंले राखेको निक्षेप झिक्न र सानो–सानो पैसा जम्मा गर्नपनि ३ पुस्ते उतार्नुपर्ने भएपछि सर्वसाधारणहरू बैंकले सुविधाभन्दा झण्झट बढाउन लागेको टिप्पणी भयो । खतिवडाको दुई वर्षको कार्यकालमा नयाँ रोजगारी सिर्जना भएका छैनन् भने भएका उद्योगीहरू पनि त्रासमा छन्, अर्थात् लगानीकर्ता उत्साही छैनन् ।
‘सरकारले नेपालमा लगानीका लागि भनेर जतिसुकै सम्मेलन गरेपनि खतिवडाले लिएको अर्थनीतिका कारण यहाँ ठूला लगानीकर्ता आउने वातावरण छैन,’ नेपालको ठूलो औद्योगिक घरानाका एक प्रतिष्ठित व्यापारी भन्छन्, ‘विदेशी लगानीकर्ता आँखा चिम्लेर आउँदैनन्, नेपाल आउँदा उनीहरूले यहाँका व्यवसायीसँग सम्पर्क गरेर आउने हुन्, जब स्वदेशी लगानीकर्ता निरुत्साहित छन् भने विदेशी लगानीकर्ता त्यो देशमा लगानी गर्न किन आउँछन् ?’
सांसदको रूपमा खतिवडाको दुई वर्षे कार्यकाल सकिनै लाग्दा उनीमाथि फेरि कर थोपरेको आरोप लागेको छ । पूर्वाधार करका नाममा संसद्लाई छलेर ‘१० प्रतिशत कर’ थप गर्ने प्रस्तावलाई लिएर सांसदहरूले आलोचना गरिरहेका छन् । खतिवडाको कार्यकालमा पनि विकास खर्च अपेक्षित हुन सकिरहेको छैन ।
बैंकको कर्मचारी या जनप्रतिनिधिको भेद खुलेन !
झापा १ बाट प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) मन्त्री खतिवडामा बैंकको जागिरे र जनप्रतिनिधिको भेद खुल्न नसकेको बताउँछन् ।
‘युवराज खतिवडा राजनीतिबाट आउनुभएको होइन, केही समय पढाएर र बैंकमा काम गरेर अवकाशपछि राजनीतिमा आउनुभएको हो । अर्थशास्त्र भनेको राजनीतिको विस्तार हो । राजनीतिले अर्थशास्त्रलाई कमाण्ड गर्नुपर्नेमा उहाँको कार्यकालमा अर्थशास्त्रले राजनीतिलाई कमाण्ड गरेजस्तो देखियो, यही उल्टो भयो,’ कार्कीले लोकान्तरसँग भने ।
पढ्नुहोस यो पनि :
नेपाली माटो नबुझेका अर्थमन्त्रीहरू : खतिवडालाई जनताको दुःख के हो भन्ने नै थाहा छैन !
जनप्रतिनिधिले गरेका सिफारिशभन्दा लाजमर्दो ढंगले व्यक्तिगत रूपमा र चिनेजानेका कर्मचारीको सिफारिशमा एउटै वडामा तीन–चारवटासम्म आयोजना परेका कार्कीको दावी छ ।
‘उहाँ आफैंले पढेको अर्थशास्त्रको सिद्धान्त अनुसार समानुपातिक विन्यास र न्याय भएन । बुर्जुवा अथतन्त्रबाट समाजवादमा डिपार्चर गर्ने केही संकेत देखिएन,’ खतिवडाको कार्यकालको समीक्षा गर्दै कार्कीले लोकान्तरसँग भने, ‘रामशरण महतले बनाएको अर्थतन्त्रको लिकबाट पर लैजाने कोशिश भएको समेत देखिएन । समाजवादमा जान त बाटो मोड्नुपर्छ, त्यो प्रयास पटक्कै भएको देखिएन ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल अर्थमन्त्रीका रूपमा खतिवडाको यो दुई वर्षे कार्यकालमा अर्थतन्त्रले गति लिन नसकेको बताउँछन् ।
‘व्यक्तिगत रूपमा उहाँ मेरो साथी हो, हामीले विगतमा सँगै काम गरेका हौं । राजनीतिक नाराले डोमिनेट गरेका कारण उहाँको इच्छाशक्तिले मात्र काम गर्न सकेन,’ रिजालले भने ।
खतिवडाले के गरे, के गरेनन् भन्दा पनि दुई वर्षमा देशको अर्थतन्त्रले सही दिशा लिन नसकेको रिजालको विश्लेषण छ ।
‘उहाँबाट जे आशा–अपेक्षा थियो, त्यो अनुसार गर्न सक्नुभएन । राजनीतिले डोमिनेट गर्यो, उहाँको विस्डमले काम गर्न पाएन होला । व्यक्तिलाई धेरै ध्यान दिन्नँ, तर सरकारले डिङ्ग धेरै हाक्यो काम गर्न सकेन । पूँजीगत खर्च गर्न सकेन, मूल्यवृद्धि बढ्यो, राजस्वको लक्ष्य प्राप्त हुन नसकेर इन्धनको कर दोब्बर गरिएको छ । समग्रमा दुई वर्षमा देशको अर्थतन्त्रले गति लिन सकेन,’ कांग्रेसले गठन गरेको छायाँ मन्त्रिपरिषद्का अर्थमन्त्री समेत रहेका रिजालले भने ।
निरर्थक पहिलो इनिङ, इञ्जुरी कार्यकाल !
लामो राजनीतिक इतिहास नभएपनि पछिल्लो समय खतिवडाको नामलाई लिएर अहिले नेकपाभित्र रडाको छ । फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्यो । सचिवालयको निर्णयलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रिय सभामा पठाउने अड्डी कसेपछि नेकपाभित्र अहिले शीतयुद्ध चलिरहेको छ ।
गौतमलाई सिफारिश गर्ने निर्णय कार्यान्वयन गर्न नेकपाका बहुसंख्यक सचिवालय सदस्यहरू एक ठाउँमा उभिएका छन् । सचिवालयमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले खतिवडाको नाम राष्ट्रपतिलाई पठाउन सकेका छैनन् । राष्ट्रिय सभाको कार्यकाल मंगलवार सकिँदैछ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा खतिवडाले २१ गते बुधवार शपथमा भेटौंला भनेर पत्रकारहरूसँग ठट्टा गरेका थिए । मंगलवार अपराह्नसम्म उनको सिफारिश भइसकेको छैन ।
बरू खतिवडा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग बिदा भएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण अस्पताल पुगे । ‘मन्त्रीज्यू अब म भोलिदेखि आउँदिनँ भनेर आफ्नो ब्रिफकेस र कागजपत्र बोकेर मन्त्रालयबाट बाहिरिनुभयो,’ अर्थ मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो ।
उनले यसो भनेर बाहिरिएपनि अर्थमन्त्रीमा पुनः शपथ लिने चर्चा सेलाएको छैन । यदि त्यस्तो भएमा त्यो फूटबलमा अतिरिक्त खेलाडीले मैदान प्रवेश गरेर खेल्ने इञ्जुरी समयको खेल जस्तै हुनेछ । संसद् सदस्य नरहेको व्यक्ति पनि ६ महिनका लागि मन्त्री बन्न सक्ने व्यवस्था छ । त्यसपछि पनि मन्त्री पदलाई निरन्तरता दिने हो भने सांसद बन्नुपर्छ ।
खतिवडाको कार्यकालबारे नेकपाका एक सांसदले टिप्पणी गरे, ‘पहिलो इनिङमा डकआउट (क्रिकेटको भाषामा भन्ने हो भने एक रन पनि नजोडी फिर्ता) जस्तै हो, छोटो समयको दोस्रो इनिङमा पनि धेरै ठूलो अपेक्षा नराखौं ।’
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...