×

NMB BANK
NIC ASIA

महासंघको नेतृत्वमा बसेर पुलको रुपमा काम गर्नेछु: उपाध्यक्ष ढकाल

फागुन २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन् ।

Muktinath Bank

बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका दुविधाका विषयहरूमा सरकारसँग वार्ता र सम्वादमार्फत समाधान खोज्ने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन तहको सरकार बनेपछि नयाँ कानुन बनाउने क्रममा कतिपय नियम कानुनहरू सरोकारवालासँग छलफल नै नगरी आएकाले व्यवसायीहरूमा केही कन्फ्युजन सिर्जना भएको छ, उनले भने, 'सरोकारवाला पक्षसँग छलफल नै नगरी, जानकारी नै नदिई आएका यस्ता कानूनहरू व्यवाहारिक हुँदैनन् ।' सरोकारहरूसँग छलफल गरेर मात्र कानुन ल्याउँदा कार्यन्वयनमा सहज हुने उनले बताए । 


Advertisment
Nabil box
Kumari

उहाँले स्थानीय श्रोत साधनको प्रयोग हुने र स्थानीयस्तरमा रोजगारी सृजना गर्ने कुनै न कुनै आयोजना बाग्लुङमा तत्काल सुरुगर्न बागलुङका स्थानीय व्यवसायीहरूसँग छलफल भइरहेको बताए । 

Vianet communication
Laxmi Bank

ढकालले भन्नुभयो– व्यवसायीहरूले चुनावको समयमा जिल्लामा पुगेर धेरै आश्वासनहरू दिने गरेको भन्ने सुनिन्छ । म त बागलुङ मै जन्मिएको हो । भाषण भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने मलाई लागेको छ । म के भन्न चाहन्छु भने, म जे बोल्छु, त्यो कार्यन्वयन गरेरै छोड्छु । हामीले केही समयमै कुनै न कुनै काम यहाँ शुरू गर्नेछौं ।

उनले आफ्नो व्यवसायिक नेटवर्क सबै जिल्ला, नगरमा रहेकोले चुनावपछि नेतृत्वले जिल्लाका गुनासा नसुनेको भन्ने व्यवसायीको गुनासाहरू आफ्नो हकमा लागु नहुने स्पष्ट पारे ।

७७ वटै जिल्लामा हाम्रो व्यवसायिक नेटवर्क छ । हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरूलाई महासंघको केन्द्रिय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरूको सञ्चार गर्न सजिलो हुनेछ । यहीँ नेटवर्कका माध्यमबाट पनि मैले स्थानीय व्यवसायी, सरकार तथा केन्द्रबीच पुलको रुपमा काम गर्नेछु –उनले बताए ।

यस अघि बागलुङ महोत्सवका अवसरमा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको आगामी ५४औं वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गरेको थियो ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x