कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल बालकुमारी क्योकुसिन कराते संघको आयोजनामा यसैसाता ललितपुरमा सम्पन्न प्रतियोगितामा देशभरका २८ जिल्लाबाट आएका ३ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विभिन्न १० विधामा भएको प्रतिस्पर्धामा खुलातर्फ शनि सुनार प्रथम भए । सो विधामा विनय सिंहले दोस्रो र रविन लामाले तेस्रो स्थान हात पारे ।
तौल समूहमा भने पुरुषतर्फ ३० केजीमा सचिन पुन प्रथम, सागर थिङ द्वितीय र रमित महर्जन तृतीय, ३५ केजीमा विश्वास मल्ल ठकुरी प्रथम, साहिल पुन द्वितीय र विक्रम चौधरी तृतीय, ४५ केजीमा निजर लामा प्रथम, अनमोल मास्के द्वितीय र अनमोल मल्ल तृतीय, ५० केजीमा सञ्जय राई प्रथम प्रविन राना द्वितीय र सञ्जय गुप्ता तृतीय तथा ६० केजीमा थमप्रसाद खड्का प्रथम, पुष्कर राउत द्वितीय तथा अजय चौधरी तृतीय भए ।
यसैगरी तौल समूहमै महिलातर्फ ५० केजीमा संगिता तामाङ प्रथम, अनिता एसके द्वितीय र शान्ति थापा मगर तृतीय, ५५ केजीमा दीपा शाही प्रथम, रञ्जिता गुरुङ द्वितीय र अमृताकुमारी सेन ठकुरी तृतीय तथा महिला खुलातर्फ अम्बिका भुजेल प्रथम, अनुपा नेपाली द्वितीय र जुनकिरी श्रेष्ठ तृतीय भए ।
नेपालमा क्योकुसिन कराते वि.सं. २०५४ सालमा नै भित्रिएको थियो, त्यतिबेला बालकुमारी डोजोको रूपमा सञ्चालन भएकोमा हाल यसले संघको रूप धारणा गरिसकेको छ ।
नेपाल क्योकुसिन कराते संघले जापानको क्योकुसिन युनियनबाट समेत सम्बन्धन प्राप्त गरेको छ ।
संघले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेपाल सरकारका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरे ।
उद्घाटन समारोहमा आयोजक क्योकुसिन कराते संघका अध्यक्ष सुरेन्द्र डंगोलले अध्यक्षता गरेका थिए ।
प्रतियोगितामा मुख्य जुरीको भूमिका रामजीप्रसाद बज्राचार्यले निर्वाह गरे ।
प्रतियोगिताका विजेतालाई मेडलसहित सिल्ड र नगद पुरस्कार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...