×

NMB BANK
NIC ASIA

ईपीएल २०२० को टाइटल प्रायोजक बनेको छ टीभीएस ईपीएल २०२०

फागुन २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस वर्षको ईपीएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

यसरी टाइटल प्रायोजन गरेसँगै अब ईपीएल भएको छ टीभीएस ईपीएल २०२० ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ईपीएल नेपालको फ्रेन्चाइज क्रिकेटहरूमध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता बन्न सफल भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भिडन्त हेर्न पाइने यो प्रतियोगिता यही मार्च १४, २०२० देखि मार्च २८, २०२० सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । 

Vianet communication
Laxmi Bank

नेपालका क्रिकेट प्रेमीहरूले अत्यन्त उत्सकुताका साथ प्रतिक्षा गरिरहेको ईपीएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र ईपीएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा एक समारोहबीच हस्ताक्षर गरेका छन् ।

समारोहमा संक्षिप्त मन्तव्य राख्दै साहिल अग्रवालले भने, ‘हामी ईपीएलको एक हिस्सा हुन पाएकोमा गर्व गर्दछौं । नेपालको क्रिकेट खेललाई एक उचाई प्रदान गर्न सफल यो प्रतियोगिताले नेपालका क्रिकेट खेलाडीहरुको मनोबल उकास्नमा भरपुर मद्दत पुर्‍याउँदै आएको छ । हाम्रो टीभीएसलाई ईपीएलसँग आबद्ध गर्न सहमती दिनु भएकोमा हामी आयोजकहरु प्रति आभार व्यक्त गर्दछौं । साथै टीभीएस ईपीएल २०२० को यो संस्करणको भव्य सफलताको कामना पनि गर्दछौं ।’

समारोहमा आयोजकको तर्फबाट हस्ताक्षर गर्दै आमिर अख्तरले ईपीएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै यसरी अन्तर्राष्ट्रिय स्तरको ब्राण्डसँग ईपीएल आबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताए ।

नेपालमा अत्यन्त लोकप्रिय रहँदै आएको टीभीएस ब्राण्डले नेपालको विभिन्न खेलकुद क्षेत्रमा पनि आफ्नो सहभागिता जनाउँदै आएको छ । यसैको एक कडी अब टीभीएस ईपीएल २०२० पनि बनेको छ । टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरूलाई पैसाको उत्कृष्ट मूल्य र सेवाहरू जस्तैः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ ।

देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकलाई विशिष्ट सेवा प्रदान गर्न टीभीएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x