कात्तिक १६, २०८०
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कर्णाली प्रदेशमा ७१ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ ।
कर्णाली प्रदेशमा रहेका जनस्वास्थ्य कार्यालय, स्वास्थ्य संस्था र प्रदेश अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सहजै सेवा पाउन हम्मेहम्मे परेको छ ।
कर्णालीका स्वास्थ्य संस्थामा ७१ प्रतिशत दरबन्दी रिक्त रहेको पाइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहतमा रहेका विभिन्न १६ वटा कार्यालयमा कर्मचारीको अभाव देखिएको हो ।
स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले दिएको जानकारीअनुसार कुल दरबन्दी ८९७ मध्ये ६३६ जना अर्थात् दरबन्दीको ७१ प्रतिशत कर्मचारीको दरबन्दी रिक्त छ । हाल २ सय ६१ जना अर्थात् २९ प्रतिशत स्वास्थ्यकर्मी मात्रै प्रदेशमा कार्यरत छन् ।
प्रदेश अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालयमा कर्मचारी दरबन्दीअनुसारका कर्मचारीको अभाव रहेको छ । कर्णाली प्रदेश अस्पतालमा २४५ जनाको दरबन्दी रिक्त रहेको छ । कुल दरबन्दी ३२५ भएकोमा हाल ८० जना मात्र दरबन्दीका कर्मचारी कार्यरत रहेका छन् ।
‘पूर्वी सुर्खेतको मेहेलकुना अस्पतालमा ५३ जनाको दरबन्दी भएकोमा ३० जनाको दरबन्दी खाली छ भने हाल २३ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयमा ३७ जनाको दरबन्दी रहेकामा १३ जना कर्मचारीको दरबन्दी खाली छ,’ स्वास्थ्य सेवा निर्देशनालयका नायब सुब्बा गणेश शर्माले भने, ‘स्वास्थ्य सेवा कार्यालयहरू डोल्पामा ४७ जनाको दरबन्दी रहेकोमा ३९ जनाको दरबन्दी रिक्त छ ।’
मुगुमा ४८ जनाको दरबन्दी रहेकोमा ३६ जनाको दरबन्दी रिक्त, कालिकोटमा ४७ दरबन्दीमा ३१ जनाको दरबन्दी रिक्त छ । हुम्लामा ४८ जनाको दरबन्दी रहेकोमा ३७ जनाको दरबन्दी रिक्त छ । जाजरकोटमा ६५ जनाको दरबन्दी भएकोमा ५५ जनाको दरबन्दी रिक्त रहेका छ । दैलेखमा ६५ दरबन्दीमा ४१ जनाको दरबन्दी रिक्त, सल्यानमा ६५ दरबन्दीमा ५५ जना रिक्त, रुकुम पश्चिममा ४८ जनाको दरबन्दी भएकोमा ३३ जनाको दरबन्दी रिक्त रहेको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय सुर्खेतमा १५ जनाको दरबन्दी रहेकोमा ३ जनाको दरबन्दी रिक्त छ । जुम्लामा १६ जनाको दरबन्दी भएकोमा ४ जनाको दरबन्दी रिक्त रहेको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखामा ६ जनाको दरबन्दी भएकोमा २ जनाको दरबन्दी रिक्त रहेका छ । प्रदेश आयुर्वेदिक औषधालयमा ८ जनाको दरबन्दी रहेको ७ जना कार्यरत रहेका छन् भने १ जना अध्ययन बिदामा रहेका छन् । मानव संसाधन विकास केन्द्रमा ४ जनाको दरबन्दी भएकोमा दशौं तहका कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।
प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकर रिजालले कार्यालयलले ४३ जनाको दरबन्दी मागेपनि पहिलाभन्दा २ जना मात्रै थप गरेर ८ जनाको मात्रै दरबन्दी स्वीकृत गरेको बताए । औषधालयलाई अस्पताल बनाउनका लागि हालको दरबन्दीले काम गर्न एकदमै समस्या हुने भएकाले दरबन्दी बढाउनुपर्ने उनको माग छ ।
कर्णाली आउनेलाई आकर्षक सुविधा
सामाजिक विकास मन्त्रालयले कर्णालीमा उपचार गर्न आउने डाक्टरलाई विशेष प्रोत्साहन भत्ता दिने तयारी गरेको मन्त्री दल रावलले जानकारी दिए । उनका अनुसार कर्णालीमा कार्यरत चिकित्सकका लागि भौगोलिक विभाजनका अतिरिक्त तह तथा पदका आधारमा विशेष प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ । ‘११ औं तहका विशेषज्ञ चिकित्सक सुर्खेतमा कार्यरत भए तलबको ७५ प्रतिशत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा मासिक ९० प्रतिशत सुविधा पाउनेछन् । कालीकोट र जुम्लामा मासिक १०० प्रतिशत तथा मुगु, डोल्पा र हुम्लामा १३५ प्रतिशत थप सुविधा दिइनेछ,’ मन्त्री रावलले भने, ‘नवौं र दशौं तहका विशेषज्ञ चिकित्सक सुर्खेतमा भए तलबको ७५ प्रतिशत सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा ८० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् ।
चिकित्सकलाई कालीकोट र जुम्लामा मासिक ९० प्रतिशत तथा मुगु, डोल्पा र हुम्लामा मासिक १२५ प्रतिशत सुविधा थप्ने निर्णय गरिएको कार्यालयले जनाएको छ । आठौं तहका चिकित्सक सुर्खेतमा कार्यरत भए तलबको ५० प्रतिशत सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेखमा ६० प्रतिशत, कालीकोट र जुम्लामा मासिक ७५ प्रतिशत अतिरिक्त सुविधा पाउनेछन् । मुगु, डोल्पा र हुम्लामा मासिक १०० प्रतिशतले विशेष सुविधा दिइने भएको उनले बताए तर सरकारले निजी क्लिनिक सञ्चालन गरेका वा अन्य संस्थामा काम गर्ने चिकित्सकलाई भने यो सुविधा प्रदान नगर्ने मन्त्री रावलले बताए ।
कर्णालीमा स्वास्थ्यकर्मी पदपुर्ति नहुन्जेलसम्मका लागि सरकारले स्वास्थ्यकर्मी सेवा करारमा भएपनि नियुक्त गर्न लागेको मन्त्री रावलले बताए ।
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...