×

NMB BANK
NIC ASIA

शेयर बजारबारे अर्थमन्त्री भन्छन्– बजारको सेन्टिमेन्टलाई व्यक्तिसँग जोडेर नहेरौं

फागुन २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा प्रतिकूल असर परिनसकेको बताएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कोरोनाका कारण अर्थतन्त्रमा पर्ने असरबारे अर्थमन्त्रालय र राष्ट्र बैंकले अध्ययन शुरू सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका खतिवडाले अर्थतन्त्रमा कोरोनाको लक्षण अहिले देखिइनसकेको दाबी गरे ।


Advertisment
Nabil box
Kumari

‘अर्थतन्त्रमा पर्नसक्ने कोरोनाको असरबारे अर्थ मन्त्रालय र राष्ट्र बैंकले अध्ययन शुरू गरेको छ । शुरूमा लक्षण देखा पर्ने हो र असर पछि हुनसक्छ,’ मन्त्री खतिवडाले भने, ‘पर्यटन, व्यापार, निर्माण र बजारको आपूर्तिमा यसको असर देखिने भएपनि अहिलेसम्म प्रतिकूल असर परिसकेको छैन ।’

Vianet communication
Laxmi Bank

मन्त्री खतिवडाले नेपाल भ्रमण वर्षको बाह्य प्रचार–प्रसार रोकिएको र भ्रमण वर्षलाई कसरी अगाडि बढाउने भन्नेबारे यो रोगको नियन्त्रणमा भरपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय उडान स्थगित गर्न सर्वोच्च अदालतले दिएको आदेशको सरकारले सम्मान गर्ने बताए । ‘अदालतको निर्णयको सम्मान गर्दै अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार काम गर्ने हो । अन्तराष्ट्रिय कानूनलाई पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने । 

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका खतिवडाले सेक्युरिटी प्रेस प्रतिस्पर्धात्मक विधिबाट प्रचलित विधि र कानून अनुसार खरिद गर्ने दोहोर्‍याए । 

'बजारको सेन्टिमेन्टलाई मसँग नजोड्नुस्'

मन्त्री खतिवडाले शेयर बजारमा दुईवर्षयताकै धेरै सुधार आएको दाबी गरे । बजारको सेन्टिमेन्टलाई आफूसँग जोडेर नहेर्न उनको आग्रह छ ।

‘नेप्से विगत दुई वर्षमा सबैभन्दा सुधार यही बेला भएको छ, यति धेरै सुधार भएको छ जति धेरै वर्षमा पनि भएको थिएन,’ तपाईंसँग शेयर बजार किन तर्सेको भन्ने लोकान्तर संवाददाताको प्रश्नमा उनले भने, ‘अर्थमन्त्रीको काम लगानीकर्ताको अवसरसम्म पुर्‍याइदिने हो । आफूले लगानी गर्ने कम्पनीको वासलत, भविष्य हेरेर निर्णय गर्नुपर्छ । सरकारबाट आउने नीति पर्खिनुपर्छ । बजारको सेन्टिमेन्टलाई हामी कसैसँग जोडेर हेर्नु उपयुक्त हुँदैन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x