×

NMB BANK
NIC ASIA

अख्तियार सुर्खेत ‘एक्सन’मा, साना र ठूला ‘माछा’ धमाधम पक्राउ गर्दै

फागुन २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सक्रियता बढाएपछि भ्रष्टाचारी धमाधम रंगेहात समातिएका छन् । अख्तियारको यो कदमले स्थानीय पनि खुसी देखिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

दुल्लु नगरपालिका दैलेखका पुरुषोत्तम भण्डारीले अख्तियारको सक्रियताले कर्णालीका भ्रष्टाचारीको मुटुमा तीर हानेको बताए । ‘कर्णालीको विकास नहुनुमा सबैभन्दा ठूलो कारक भनेकै भ्रष्टाचार हो,’ उनले भने, ‘यहाँका भ्रष्टाचारीलाई कारवाही गर्न केही मात्रामा भएपनि अख्तियार सफल भएको मैले देखेको छु । अख्तियारको यस्तो सक्रियताले भ्रष्टाचारीको मूटुमा ढ्यांग्रो बजेको मैले महसुस गरेको छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख रुपैयाँ घुससहित गत बिहीवार पक्राउ गरेको थियो ।  उनलाई वीरेन्द्रनगर–७ स्थित कटकुवा स्वास्थ्य चौकी नजिकबाट रंगेहात पक्राउ गरेको हो । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष केसीसँगे जुनीचाँदे गाउँपालिकाकै चन्द्र बहादुर बस्नेत पनि पक्राउ परेका थिए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका वडा १ मा रहेको कोटदरवार सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष बलबहादुर कठायतविरुद्ध फागुन १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ । कामै नगरेका व्यक्तिको फर्जी भरपाई बनाएको र वन हेरालुलाई तोकिएको भन्दा बढी पारिश्रमिक बुझेको भरपाई बनाएको अभियोगमा अख्तियारले उनीविरुद्ध ७९ हजार बिगो कायम गरी मुद्दा चलाएको हो ।

डुङ्गेश्वर गाउँपालिका–५ स्थित पिपल चौतारा माध्यमिक विद्यालयमा सामाजिक विषयको राहत शिक्षक नियुक्तिका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका निर्वाचित वडा सदस्य भक्तबहादुर शाहीले परीक्षा सुरु हुनुपहिले प्रश्नपत्र आउट गरे ।

गत पुस २६ गते परीक्षा सञ्चालन हुने तयारी भएकै अघिल्लो दिन पुस २५ गते प्रश्नपत्र निर्माण गरिएको थियो ।

आफन्त राख्ने नाउँमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उनले फेसबुक म्यासेन्जरमार्फत घनश्याम भण्डारी लगाएत अन्य पाँच परीक्षार्थीलाई प्रश्न र टिक मार्कको उत्तरसमेत पठाए । स्थानीय नागरिकले यसबारेमा अख्तियारमा उजुरी गरे ।

त्यही आधारमा अख्तियारले छापा मारेर तीनजनालाई पक्राउ गर्‍यो । नियुक्त भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उमेदवार दलबहादुर बिकलाई हिरासतमा लिइयो । यी विषयलाई लिएर फागुन १४ गत बुधबार डुंगेश्वर गाउँपालिका–५ का वडाध्यक्ष टेकबहादुर भण्डारी सहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अध्यक्ष भक्तबहादुर शाही, छनोटमा परेका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकविरुद्ध पनि मुद्दा दायर भएको छ ।

फागनु १५ गते नौमुले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई ३० हजार रुपैयाँ घुस रकमसहित अख्तियारले नियन्त्रणमा लियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार प्रधानाध्यापक सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलव र दशैँ खर्चबापतको रकम उपलब्ध गराइदिने प्रयोजनका लागि शिक्षकसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियार सुर्खेतबाट खटिएर दैलेख पुगेको टोलीले नियन्त्रणमा लियो । 

रुकुम जिल्ला अदालत मुसीकोटमा कार्यरत नासु रमेश कुमार खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनुपर्नेमा नगराई सेवाग्राहीबाट १५ हजार घुस मागिरहेको अवस्थामा २०७६ साल कात्तिक २२ गते पक्राउ गरेको थियो ।

कर्णाली प्रदेशमा भइरहेका विभिन्न भ्रष्टाचारका काण्डहरु अझपनि समाजमा कुण्ठित रहेर बसिरहेको शुसिल खड्का बताउँछन् । ‘अख्तियारको सक्रियताप्रति हामी खुशी छौं । अख्तियारले अझैपनि दुरदराजका बस्तीमा पुगी भ्रष्टाचारीलाई नियन्त्रणमा लिने प्रयास गर्न आवश्यक छ,’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा चार वटा रंगेहातका मुद्दा दर्ता गरेको थियो । २०७५ सालमा  मालपोत कार्यालयका खरिदारद्वयधर्मराज सुवेदी र ओमबहादुर सुनारलाई दुई लाख घुस लिएको अवस्थामा रंगेहात समातेको थियो । सोही आर्थिक वर्षको जेठ ३१ गते जिल्ला वन कार्यालय रुकुम पश्चिमका वन अधिकृत रोहित कुमार शाह र ग्रामीण वित्त सहायक सन्दीप अधिकारीले २३ हजार घुस लिंदै गर्दा पक्राउ गरेको थियो ।

जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर अनन्यकुमार देवलाइ ८० हजारसहित पक्राउ गरेको अख्तियारले २०७४ माघ १५ गते इलाका वन कार्यालय मेहलकुनाका वन रक्षक हरिलाल रानाले ९ हजार रुपैंया घुस लिदैं गरेको अवस्थामा पक्राउ गरेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा चौफा सवडिभिजन वन कार्यालय चौरजहारी रकुममा कार्यरत फरेष्टर महेन्द्र बिसीलाई कामको सहजिकरण गर्ने प्रयोजनाका लागि ७ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लियो । शिक्षा विकास तथा समन्वय एकाइ सल्यानमा कार्यरत एकाइ प्रमुख धनबहादुर वलीले शिक्षक सरुवा प्रक्रियामा २५ हजार घुससहित समातेको थियो ।

कर्णाली प्रदेश वन डिभिजन कार्यालय सुर्खेतका उपसचिव भक्तबहादुर लामाले छुट पुर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट २०७६ असार २७ गते चार लाख रुपैंया नगदसहित नियन्त्रणमा लिएको थियो ।

कार्यालय प्रमुख शेषनारायण पौडेलले अख्तियारले सूचना पाएको खण्डमा कर्णालीका जुनसुकै स्थानमा पनि जान सक्ने बताए ।

‘हामीले भरपर्दो सूचना पाएको खण्डमा भ्रष्टाचार गर्नेलाई समात्न जहाँ पनि जान तयार छौं,’ उनले भने, ‘त्यहि आधारमा हामी कारवाही प्रक्रियालाई अघि बढाउँछौं ।’ अख्तियारको टोली अहिले जसरी पनि भ्रष्टाचारीलाई नियन्त्रणमा लिने र भ्रष्टाचार न्यूनिकरण गर्न लागिरहेको उनको भनाई थियो ।

‘कार्यालयको सक्रियता, टीम वर्कका कारण हामीले सफलता पाइरहेका छौं,’ उनले भने, ‘अख्तियारप्रति आम नागरिकको विश्वास र भरोसा बढेको हो । नागरिकले अख्तियारबाट भ्रष्टाचार न्यूनीकरण हुने आशा देखेका छन् । हामीले देशमै सबैभन्दा पहिले गाउँपालिकाका अध्यक्षलाई रंगेहात समात्न सफल भएका छौं । यो युनिक घटना हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x