कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
अपांगता भएका व्यक्तिहरू पनि समाजका लागि केहि योगदान दिन सक्छन् भन्ने मान्यता कर्णालीका दूरदराजका बस्तीमा अझै पनि स्थापित भइसकेको छैन । अपांगता भएकाहरू धर्तीको बोझ मात्रै हुन भन्ने भनाइ अझैपनि गाउँमा सुन्न पाइन्छ तर अपांगता भएका व्यक्तिहरूले पनि राम्रो काम गरेका उदाहरणहरू प्रशस्तै भेटिन्छन् ।
अपांगता भएकै कारण विवाह गर्न नपाएका व्यक्ति हुन्- विष्णु प्रसाद शर्मा । दैलेखको साविक बेलपाटा गाविस ३, हाल डुंगेश्वर गाँपा १, बेलपाटामा २०२९ सालमा जन्मेका हुन् शर्मा । दुई दिदी, एक भाई र एक दाजुसहितका उनी मध्यम खालको परिवारमा जन्मिए । उनका बुवा कृष्णलाल शर्मा भारतमा एक कम्पनीमा काम गर्थे । आमा अमृता शर्मा गृहस्थी चलाउँथिन् ।
उनले जीवनमा धेरै संघर्ष गरे । कति दुःख त उनी सम्झन पनि चाहँदैनन् । साढे दुइ वर्षको हुँदा उनलाई लामो समयसम्म ज्वरो आएको रहेछ । विस्तारै उनको दाहिने हात र दाहिने खुट्ट सुक्दै गएछ । उतिबेला समाजमा धामी झाँक्री हेराउने, पूजा गर्ने चलन भएका कारण त्यसको उपचार हुन पाएन । उनी आफ्नी आमाले सुनाएको भनाइ स्मरण गर्दै भन्छन्, ‘दर्जन भन्दा बढी पाठा काट्ने, धेरैले झाँक्री लागेको, नयाँ जग्गा किनेको नफापेको भनेर धामीहरुले भन्थे । संयोग पनि कस्तो रहेछ भने मेरो घरमाथिको दाइको पनि एक हात र खुट्टा सुकेको रहेछ । उहाँलाई पनि त्यही भन्दा रहेछन् ।’
उनले थाहा पाउने बेलामा हात थोरै मसिनो थियो भने खुट्टा पनि थोरै मसिनो थियो । तलभन्दा माथि अझ मसिनो थियो । यद्यपि उनी सहजै हिँडडुल गर्थे । विसं २०५२ सालसम्म उनलाई पनि देवता लागेकै हुन् कि भन्ने लागिरहेको थियो रे ! तर पछि अस्पताल गए उनी । अनिमात्र उनले आफूलाई पोलियो रोग लागेको थाहा पाए ।
*****
८ वर्षको उमेरमा उनी विद्यालयमा भर्ना भए । 'एक कक्षामा नाम लेखाएर तीन महिनामा दुईमा लगियो, केही महिना पढेर मैले सीधै कक्षा तीनको परीक्षा दिएको थिएँ । नौ वर्ष कट्दा म कक्षा चारमा गइसकेको अवस्था थियो,’ उनी भन्छन्, ‘त्यो बेला म मा विद्रोही स्वभाव थियो ।’ त्यतिबेला उनलाई लाग्थ्यो- सबै मानिस एकै होइनन् र ? किन समाजमा बसोबास गर्ने बीच नै छोइछितो हुन्छ ?
यस्ता प्रश्नले आफूलाई बारम्बार झस्काउने गरेको उनी सुनाउँछन् । ‘म स्कूलबाट घर आउँदा छिटो हाल्नुपर्ने, दलित साथीहरूको संख्या कक्षामा धेरै थियो । कुनै भाँडा उनीहरूसँग छोइएको खण्डमा पानी र आगोले पखालेर मात्रै घरमा लिनुपर्ने अवस्था थियो । त्यसले मलाई के हो भन्ने लाग्थ्यो । दलित समुदायका साथीहरू मेरो घरको दलानमा बस्न पनि पाउँदैन थिए तर मेरो घरमा अरू कोही नभएको बेलामा म घरभित्रै पसाउँथेँ,' उनी भन्छन्, ‘तर मैले अपांगता भएका कारण धेरै विभेद भोगें । बाहुन परिवारमा जन्मेतापनि अपांगता भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोण नै अलग हुँदो रहेछ । बोलीचालीमा भेदभाव त कति हो कति भोगियो ।'
उनी अरू साथीहरूभन्दा बलियो तथा विद्रोही पनि थिए रे ! तर पनि आफ्ना हरेक कुरालाई अपांगता भएका कारण जोड्ने गरिँदा उनको मन दुख्थ्यो रे ।
अपांगता भएका व्यक्तिहरूलाई लुलो, लंगडो जस्ता शब्द प्रयोग गर्ने र खेलमा राम्रो गरेपनि डुडों जति पनि नसक्ने भनेर अरूलाई भन्दा आफ्नो चित्त दुख्ने गरेको उनी बताउँछन् ।
'होमवर्क राम्रो गरेको दिन डुंडे जति पनि लेख्न नसक्ने भन्दै अन्य सपांग भएका विद्यार्थीहरूलाई भन्ने गर्थे शिक्षकले । होमवर्क नगरेको वा कुनै काममा असफल भएको खण्डमा भविष्यमा के गरेर खान्छस् डुंडे भनेर भन्न पनि पछि पर्दैन थिए शिक्षकहरू,' उनले गुनासो पोखे, 'समुदाय र विद्यालय दुवैमा राम्रो गरेको खण्डमा जस पाउने वातावरण थिएन । त्यस्तो विभेदको अनुभव कति नमिठो हुन्छ भन्ने कुरा अहिलेका युवालाई थाहा नै छैन ।’
*****
विसं २०५१ सालमा उनी सुर्खेत झरे । एसएलसी दिइसकेपछि उनी दैलेखबाट सुर्खेत आएका हुन् । अपांगताका कारण उनले मन पराएको केटी साथीसँग विवाह गर्न पाएनन् । उतिबेला मात्रै उनलाई महसूस भएछ- म अरु भन्दा फरक रहेछु ।
विभेदको महसूस उनले नोकरीका लागि प्रयास गर्दा थाहा पाए । सुर्खेतका पचास गाविसमा तत्कालीन जिल्ला विकास समितिले प्राविधिक सहायकमा जागिर खोलेको थियो । उनी एसएलसी पास भएका कारण उक्त जागिर गर्न चाहन्थे तर अपांगता भएका कारण काम गर्न नसक्ने भन्ने धारणा जागिर दिनेहरूले बनाएको उनी बताउँछन् । त्यसपछि उनले थाहा पाए- अपांगता भएकाहरूका लागि जागिर खान पहुँच सम्भव रहेनछ ।
विसं २०५४ सालमा काठमाडौं गएर उनले कम्प्युटर सिके । काठमाडौंमा सिकेको सीपलाई उनले सुर्खेतमा प्रयोगमा ल्याए । उनले सुर्खेतमा गण्डकी कम्प्युटर इन्ष्टिच्यूट खोले । अपांगता भएकाहरूले पनि काम गर्न सक्छन् भनेर देखाउन आफैंले प्रशिक्षण दिए । विसं २०६१ सालमा उनले अपांगता सशक्तिकरण केन्द्र खोले । संस्था दर्ता गरे । संस्थाको अध्यक्ष आफैं भएका कारण साथीहरूलाई जोड्नुपर्ने अवस्था थियो । त्यहि बेलामा उनलाई आर्थिक बोझ आइलाग्यो ।
चलिरहेको इन्ष्टिच्यूट बेचे उनले । आर्थिक समस्या झन् थपियो । त्यसबेला आफूलाई मानिसहरूले असफल व्यक्ति भन्न थालेको उनले बताए । ‘त्यो भन्दा पहिले मैले सुर्खेतमा मेरो टोलको विद्यार्थीलाई विना पैसा पढाउँछु भनेर शुरू गरेँ । चार पाँच महिनापछि विद्यार्थी आउनै छाडे । मेरो घरको छिमेकमा सुर्ती रोप्थे, काउली रोपौं भनेर अभियान चलाएँ । एक वर्षपछि म असफल भएँ । उनीहरूले सुर्ती खेती पुन: शुरू गरे । साथीहरूसँग मिलेर पुस्तकालय खोल्यौं । ६ महिनामा ७० हजारभन्दा बढी पैसा र दुई हजार थान पुस्तक किन्यौं । त्यही पढेर चार पाँच जनाले लोकसेवामा नाम पनि निकाले,' उनले संघर्षका दिनहरू सम्झिए, 'मेरै समुदायका व्यक्तिले उद्यम मात्रै गर्छ, अरू केही गर्न सक्दैन भन्थे त्यो मलाई सबैभन्दा ठूलो चुनौती थियो । आम्दानी नहुने र निःशुल्क रूपमा काम गर्दा मान्छेहरूले त्यस्तो सोच्नु अहिले स्वभाविक लाग्छ ।’
उनले अगाडि भने, 'संस्था दर्ता भएपछि पारिवारिक रूपमा आर्थिक चुनौती थपिँदै आए । सबै भाईहरू २०५९ सालमा अलग भइसकेका थियौं बुवाआमासँगै म थिएँ । अभिभावकत्व पाइरहेको थिएँ । आर्थिक रूपमा दिन प्रतिदिन कमजोर बनिरहेको थिएँ । एक सय रुपैंया सापट नपाएर म एक्लै धेरै पटक रोएको छु । तड्पेको छु । के म जीन्दगीबाट हार्छु त भनेर रोएको छु ।
उनलाई सुर्खेतमा रहेका विभिन्न संस्थाले राम्रै सहयोग गरे । त्यसैको फलस्वरूप आज वर्षमा दुई सय भन्दा बढी अपांगता भएकाहरूलाई उनले केही न केही सहयोग गर्छन् । ‘आवश्यक सामाग्री, काउन्सिलिङ, आय आर्जनका काममा लगानी गरिदिने, सामाग्रीहरू दिने काम गरिरहेको छु,’ उनले सुनाए । अप्रत्यक्ष रूपमा वर्षमा पाँच सय भन्दा बढी व्यक्तिलाई सहयोग गर्दै आइरहेको उनको भनाइ थियो ।
हाल केन्द्रको कार्यकारी निर्देशकको रूपमा उनले काम गरिरहेका छन् । ३० जना कर्मचारीहरू केन्द्रमा कार्यरत रहेका छन् । बहिरासँग सांकेतिक भाषामा उनी कुरा गर्न सक्छन् । ब्रेलमा उनले तालिम लिएका छैनन् । उनी भन्छन्, 'हाम्रा विकास निर्माणमा अपांगता भएकाहरूलाई ध्यान दिन राज्यले सकेको छैन । अपांगता मैत्री संरचना निर्माणमा सरकारको ध्यान जान सकेको छैन ।'
दस्तावेजमा मात्रै नभएर व्यवहारमा नै अपांगता भएका व्यक्तिहरूलाई आरक्षणको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । उनी थप्छन्, 'त्यति गरेको खण्डमा अपांगता भएका व्यक्तिहरू आफैं सफल हुन्छन् । राज्यले धेरै लगानी गर्नु आवश्यक नै हुँदैन ।'
उनी राष्ट्रिय अपांग महासंघ कर्णालीका अध्यक्ष हुन् । उनी कर्णाली प्रदेशका केही जिल्ला घुमेका छन् । त्यसबीचमा उनले अपांगता भएका व्यक्तिहरूले अध्ययन गरेर के नै हुन्छ र भन्ने सोच भएका धेरै मानिस पनि देखे । त्यसैले उनी भन्छन्, 'यो सोचबाट मानिसहरू मुक्त हुन आवश्यक छ ।’
मिडियाले अहिलेपनि अपांगता भएकाहरूका केही समस्या मात्रै लेखिरहेको उनले बताए । अपांगता भएकाहरू पनि समाज रुपान्तरण तथा आर्थिक समृद्धिको पाटोमा उदाहरणीय काम गर्न सक्छन् भन्ने सकारात्मक समाचार कम आउने गरेको उनको भनाइ छ । 'यस्ता समाचार आइदिएको भए अपांगता भएकाहरूले सकारात्मक शिक्षा ग्रहण गर्ने थिए । सफलताका कथा या अन्य पेशा व्यवसायमा पाएको र व्यहारेको कथा व्यथा मिडियाले ल्याइदेओस् भन्ने हाम्रो चाहना हो,' उनले भने ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...