×

NMB BANK
NIC ASIA

योनेक्स जर्मन जुनियर ब्याडमिन्टन : प्रिन्स प्रतियोगिताबाट बाहिरिए

फागुन २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जर्मनीको बर्लिनमा जारी योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजबाट बाहिरिएका छन् । बर्लिनमा गएराति भएको प्रि–क्वाटरफाइनलमा दाहाल पराजित भएका हुन् । 

Muktinath Bank

पुरुष यु–१९ एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ सेटमा पराजित भएका हुन् । पहिलो सेटमा उनले फ्रान्सेली खेलाडी गौडिनलाई २१–१८ अङ्कले हराएका थिए । दोस्रो र तेस्रो सेटमा भने उनले कम ब्याक गर्न सकेनन् । प्रिन्सले दोस्रो सेट १२–२१ अङ्कले तथा तेस्रो सेट पनि १२–२१ अङ्कले नै गुमाएको जर्मनीमै रहेका उनका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए ।  यसयसअघि उनले लगातार तीन खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रिन्सले पहिलो खेलमा जर्मनीका कियन यु ओइलाई २–१ सेटमा तथा दोस्रो खेलमा अष्ट्रियाका लेनी सुदर्मालाई २–० ले तथा तेस्रो खेलमा जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमै पराजित गरेका थिए । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्ग्लिस बोर्डिङ स्कूलमा नौ कक्षामा अध्ययनरत छन् । 


Advertisment
Nabil box
Kumari

प्रिन्स गत साता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा पनि प्रि–क्वाटरफाइनलबाटै बाहिरिएका थिए । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेयका खेलाडीसित पराजित भएका हुन् । विश्व ब्याडमिन्टन सङ्घले गत साता जारी गरेको जुनियरतर्फको विश्व बरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका थिए । यो नेपाली ब्याडमिन्टल खेलाडीको हालसम्मकै ठूलो सफलता हो । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x