×

NMB BANK
NIC ASIA

‘माझी : द माउन्टेन म्यान’

२२ वर्षसम्म हथौडा र छिनोले पहाड फुटाएर बाटो बनाएका 'दशरथ माझी'

फागुन २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको बिहार राज्यको नालन्दा जिल्लास्थित गेहलौर भन्ने स्थानमा पहाडको बीचमा एउटा बाटो बनेको छ । राजगीर हुँदै भगवान गौतम बुद्धले ज्ञान प्राप्ति गरेको स्थान बोधगया जाने बाटोमा उक्त स्थान अवस्थित छ । नेपालको पहाडी भू-भागमा हुने ठूल्ठूला पहाड त त्यहाँ छैन तर एक तर्फबाट मात्र घेरेको पहाड भने छ । पहाडको बीचबाटै सडक बनाइएका छन् । गेहलौर पुग्दै त्यहाँ दशरथ माझीको नाउँमा एउटा प्रवेशद्वार निर्माण गरिएको छ ।

Muktinath Bank

प्रवेशद्वारको छेउमैं माझीको समाधिस्थल समेत बनाइएको छ । सन् २०१७ मा बिहारका मुख्यमन्त्री नीतिश कुमार तथा उपमुख्यमन्त्री सुशील कुमार मोदीले बिहार पर्यटन विभागको तर्फबाट समाधिस्थललाई सौन्दर्यकरण तथा विकास गरेका कुरा त्यहाँ बनाइएको शिलालेखमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वभरिबाट हजारौंको संख्यामा दिनहुँ बौद्ध धर्मावलम्बीहरूका साथै अन्य पर्यटकहरू समेत पर्यटनका लागि बोधगया जाने गरेका कारण पर्यटकहरू त्यहाँ एकछिन रोकिने गर्छन् । २ साताआघि लोकान्तरकर्मी पनि त्यहाँ भ्रमणका क्रममा पुगेको थियो । जनकपुरका पाँच जना पत्रकारसहितको टोली भ्रमणका लागि त्यहाँ पुग्दा दशरथ माझीको नाउँमा किन प्रवेशद्वार बिहार सरकारले बनाएको भन्ने जिज्ञासा जागेर आएको थियो । समाधिस्थलको अवलोकन गरेपछि माझीका परिवारका सदस्यहरूसँग भेट्ने उत्सुकतासमेत जागेर आएको थियो ।


Advertisment
Nabil box
Kumari

केही किलोमिटर पर पुगेपछि माझीकै नाउँमा ‘दशरथ नगर’ नामको गाउँ समेत रहेछ । उनको घर अगाडि माझीको शालिक र भगवान बुद्धको मूर्ति समेत निर्माण गरिएको छ । प्रधानमन्त्री आदर्श ग्राम योजनाअन्तर्गत त्यहाँ माझीको शालिक नजिकै बस्ने चौतारा निर्माण समेत गरिएको छ । सन् २०१५ मैं माझीको स्मारकलाई त्यहाँका जान अधिकार पार्टी लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष राजेश रंजन (पप्पु यादव)ले उद्घाटन गरेको शिलालेख समेत छ ।

Vianet communication
Laxmi Bank

माझीको घर अगाडि एउटा सानो पक्की घर छ । तर त्यहाँ रहेका करीब ५० वटा फुस(पराल)कै कच्ची घर रहेछ । दशरथ माझीको ५० वर्षीय छोरा भगिरथ माझीसँग भेट भयो । उनीसँग उनका बुवा दशरथ माझीका बारेमा सोध्दा शुरूमा उनले अलि अफ्ट्यारो मान्दै भने, ‘यसरी नै भन्न थाल्ने हो भने कतिलाई भन्ने ? दिनमा ५ सय जना जति मानिसहरू आउने गर्छन् ।’ तर हामीले आफूहरू नेपालबाट आएको र पत्रकार हौं भनेपछि उनले सबै बेलिविस्तार लगाए ।

प्रस्तुत छ ,उनले सुनाएको कुरा जस्ताको तस्तै :  

गेहलौर घाटीमा मेरो बुवा, हजुरबुवा लगायतका केही मानिसहरू बस्ने गरेका थियौं । हामी हरिजन परिवारअन्तर्गत महादलित छौं । हामी त्यहाँका किसानका खेतमा हलो जोतेर जीविका चलाउने गरेका थियौं । त्यही शिलशिलामा मेरो बुवा दशरथ माझी किसानको खेत जोत्न तथा काठ दाउरा काट्न पहाडको पारी जाने गर्नुहुन्थ्यो । पारी जान बाटो थिएन । पहाडमा पातलो दरार थियो । त्यसै दरार हुँदै अत्यन्तै कठिनाइका साथ जाने गर्नुहुन्थ्यो । सोही शिलशिलामा मेरो बुवा दाउरा काट्न पारी जानु भएको थियो ।  मेरो आमा फगुनीदेवी बुवाको लागि टाउकोमा गाग्रोमा पानी तथा खाना बोकेर बुवालाई पुर्‍याउन जानु भएको थियो । तर उहाँ त्यो पातलो दरार पार गर्न सक्नु भएन । र, लड्नु भयो । त्यहीं पहाडको चट्टानमा लडेर उहाँको टाउको फुट्नुका साथै हात खुट्टामा समेत चोट लागेर बेहोश भएको अवस्थामा बेलुकातिर आमालाई बुवाले देख्नु भयो । जसोतसो आमालाई उठाएर उहाँले घर ल्याउनुभयो ।

अनि उहाँले सोच्नु भयो कि आज फगुनी ढलेकी छन् । भोलि अन्य मानिस पनि ढलेर घाइते हुनेछन् । त्यो पहाडलाई फुटाएर बाटो बनाउनै पर्छ भनेर उहाँले बाख्रा बेचेर हथौडा र छिनो किन्नु भयो । अनि जिद्दी गर्दै त्यो पहाड फुटाउन लाग्नुभयो । दिनमा किसानको हलो जोत्ने र बिहान, बेलुका फुर्सद भयो कि हथौडा र छिनोले पहाड फुटाउने काम गर्न थाल्नुभयो । मेरो आफ्नै हजुरबुवा तथा परिवारका सबै सदस्य, गाउँ समाजका मानिसले उहाँलाई पागल भयो भनेर भन्न थाले । ३ सय ६० फिट लामो, २५ फिट गहिरो तथा ३० फिट चौडाई भएको चट्टानी पहाडलाई एक जना मानिसले हथौडा र छिनोले भत्काउन सक्ने कुरा कसैले पत्याउने कुरै भएन । त्यसैले उहाँलाई सबैले पागल भयो भनेर भन्ने गरेका थिए ।

किसानको खेतमा काम गरे वापत दिनको डेढ किलो धान बुवाले पाउनु हुन्थ्यो । त्यही धानबाट जीविका जसोतसो चलेको थियो । आइतवारका दिन छुट्टी हुने भएकाले दिनभर भने उहाँले पहाड फुटाउनुहुन्थ्यो । सबैले हाँसेर मजाक उडाउने गर्थे । तर उहाँको दृढ इच्छाशक्तिका कारण उहाँको अठोट अटल थियो । सन् १९६० मा पहाड फुटाउन शुरू गरेको काम २२  बर्षपछि सन् १९८२ मा पूरा भयो । अन्ततः हथौडा र छिनोले नै पहाड फुटाएर बाटो बनाएरै छाड्नुभयो । पैदल हिँड्ने बाटो बनेपछि उहाँ पटना पुग्नुभयो ।

मुख्यमन्त्री नितीश कुमारसँग भेट गरेर त्यहाँ अब पक्की बाटो बनाइदिन अनुरोध गर्न पुग्नु भएको थियो । आठ दिनसम्म लिट्टी चोखा खाएर उनी त्यहाँ बसे । मुख्यमन्त्री कार्यालयमा तैनाथ रहेका सुरक्षाकर्मीले उहाँलाई भेट्न नदिएर फर्काइदिने गरेको थियो । रिसाएर त्यहाँको गेट नै हथौडा र छिनोले भत्काउन थालेपछि बल्ल मुख्यमन्त्रीलाई सुरक्षाकर्मीले खबर गरेर दशरथ माझी नामका एक जना साधु तपाईसँग भेट्न आएको कुरा सुनाए । माझीको बारेमा एक जना पत्रकारले समाचार पत्रिकामा त्यसअघि छापेका कारण नितिश कुमारले तत्कालै उनलाई ससम्मान बोलाउन लगाए । गाउँमा सडक, अस्पताल बनाइदिने भनेर नीतिश कुमारले उनलाई आश्वस्त गरेर घर फर्काएका थिए ।

नितीश कुमारले मेरो बुवालाई हाइलाइट गराउनुभयो । देश विदेशमा उहाँको नाउँ फैलाउन उहाँले धेरै नै सहयोग गर्नुभयो । ७३ वर्षको उमेरमा सन् २००७ मा बुवाको निधन भयो । उहाँको निधन भएपछि नीतिश कुमारले गेहलौरमा प्रवेशद्वार तथा समाधिस्थल समेत बनाउनुभयो । अहिले पटनामा समेत चिडियाखानाको छेउमा उहाँको नाउँमा स्मृति भवन बनाउनु भएको छ ।

माझीको नाउँमा सिनेमा

माझीको बारेमा भारतमा चर्चा भएपछि बोलिवुडमा उनको जीवनीमा आधारित हिन्दी सिनेमा नै बनेको छ । ५ वर्षअघि ‘माझी : द माउन्टेन म्यान’ नामक सिनेमा बनेको थियो । माया मुभिजले निर्माण गरेको तथा केतन महतले निर्देशन गरेको उक्त सिनेमामा नवाजुद्दीन सिद्दिकीले दशरथ माझीको तथा राधिका आप्टेले उनको श्रीमती फगुनीदेवीको अभिनय गरेका छन् । फिल्म निर्माताले १ लाख रुपैयाँ दिएका थिए र कमाइको २ प्रतिशत दिने भनेर निर्माताले प्रतिबद्धता गरेका थिए । तर दुई प्रतिशत कमाइ भने दिएनन् । सिनेमा बनाएर उनीहरू मुम्बई गए । मैले कहाँ खोज्न जाने ? सिनेमा चलेन, घाटा लाग्यो रे भनेर धेरैले भने । मैले पनि अब जे भयो भयो भनेर चित्त बुझाएँ ।

केही वर्षअघि भारतका चर्चित सुपरस्टार आमिर खान पनि गेहलौर घाटीमा आएका रहेछन् । आमिर खानले मसहित घाटीका ६ जनालाई सम्मान गरेका थिए । मेरो गाउँको गरीबी हटाउन केही गरिदिनु पर्‍यो भनेर हामीले आमिर खानलाई भनेका थियौं । ठीक छ म केही गर्छु भनेर जानु भयो । फर्केर अहिलेसम्म आउनु भएको छैन ।

उहाँ जिद्दी कति सम्म हुनु हुन्थ्यो भने एक जनाले ‘दिल्ली त बहुत दुर है’ भनेपछि कति टाढा हो, पाइलाले नै नापिदिन्छु भन्दै हिँडेर नै १ महिनामा दिल्ली पुगेर नेताहरूलाई भेटेर सडक निर्माणका लागि अनुरोध गर्नु भएको थियो ।

बिहार सरकारले माझी बस्तीका लागि डेढ एकर जग्गा दिएको छ । त्यही डेढ एकर जग्गामा कुल ५२ जना घरपरिवार बसोबास गरेका छौं । हामी सबै जना कच्ची झुपडी बनाएर बसेका छौं । डीएमले पक्की घर बनाइदिएका छैनन् । मेरो एउटा छोरी अंशु र ज्वाईं मिथुनले स्नातकसम्म पढेका छन् । दुवै जनाले बीए पढेका छन् । नितीश सरकारले कम्तिमा छोरी र ज्वाईंलाई बिद्यालयमा नै भए पनि जागिर लगाइदिए हुन्थ्यो । मजदुरी गरेर हामीले आफ्नो घर परिवार चलाउँदै आएका छौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x