कात्तिक २४, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
कीर्तिपुर नगरपालिकाले ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन’ पारित गर्दै कार्यान्वयनमा अगाडि बढाएको छ ।
आगामी वर्षदेखि सार्वजनिक शौचालयको योजना बनाउने तयारीमा जुटेको छ ।
सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउन ल्याइएको सो मार्गदर्शन कार्यान्वयन गर्ने सो नगरपालिका काठमाडौं उपत्यकाभित्रका नगरपालिकामध्ये नै पहिलो बनेको जनाइएको छ ।
नगरको सरसफाइ र स्वच्छ वातावरणका लागि सार्वजानिक शौचालय महत्वपूर्ण अंग मानिन्छ तर उपत्यकाभित्र रहेका त्यस्ता शौचालय फोहर, अपर्याप्त पानी, कमजोर व्यवस्थापन, महिला, अपाङ्गता तथा तेस्रोलिङ्गी मैत्री शौचालय अभाव, हात धुने ठाउँ नहुनु, रसाउने र चुहिने समस्या, हात धुने ठाउँको अभाव तथा सबैका दिसा गर्ने सुविधा नहुनु समस्या रहेका छन् ।
शौचालयमा हुनुपर्ने सेवासुविधा तोकिएको आधिकारिक मापदण्ड रहेको छैन । भएका शौचालयको अनुगमन र मूल्यांकन गर्ने कुनै निकाय नभएका कारण पनि शौचालयको अवस्थामा सुधार आउन कठिनाइ भएको बताइन्छ । यस समस्यालाई समाधान गर्न मार्गदर्शन आवश्यक रहेको जनाइएको छ ।
कीर्तिपुर नगरपालिकाले गत वर्ष सार्वजनिक शौचालयका समस्या समाधान गर्न उपप्रमुख सरस्वती खड्काको अध्यक्षतामा एक समिति गठनसमेत गरेको थियो । साथै सो नगरपालिकासहित काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले र गुथी नामक गैरसरकारी संस्थाको सहयोगमा ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन मस्यौदा’ तयार गरिएको थियो ।
ती नगरपालिकामा रहेका सार्वजनिक शौचालयको समस्या समाधान गर्न मस्यौदामा बनेको गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए । यसैबीच मस्यौदालाई अन्तिम रुप दिन कीर्तिपुर नगरपालिका र सो संस्थाद्वारा संयुक्त रुपमा शुक्रवार छलफल कार्यक्रम सम्पन्न भयो ।
छलफलका क्रममा मार्गदर्शनलाई कार्यान्वयनमा कसरी लाने भन्ने विषयमा वडाध्यक्षले विभिन्न सुझाव दिएका थिए । कार्यक्रममा नगरपालिका प्रमुख रमेश महर्जनले भने, ‘मानिसको मनमस्तिष्कमा शौचालय भनेको फोहर हो भन्ने मान्यता छ । हाम्रा लागि ठूलो चुनौतीको रहेको छ । यो सोचमा परिवर्तन ल्याउन र जनचेतना जगाउन आवश्यक छ ।’
कार्यक्रममा उपप्रमुख खड्काले भनिन्, ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन नगर सभाद्वारा पारित भई राजपत्रमा आउने क्रममा छ । म पहिलोपटक नगरपालिका आउँदा यहाँको शौचालयको अवस्था राम्रो थिएन । असह्य भएर पानी र डस्टबिनको व्यवस्था गरें । अहिले यो मार्गदर्शन पारित गरी सार्वजनिक शौचालयका समस्यालाई सम्बोधन गर्न हामी धेरै उत्साहित छौं । अब आउने आर्थिक वर्षमा यसै मार्गदर्शनअन्तर्गत रहेर सार्वजनिक शौचालयको योजना बनाउने छौं ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...