अस्कर पुरस्कार विजेता वूडी एलनको पुस्तक ह्याचेट बूक ग्रूपले नछाप्ने, छोरीको शोषण गरेको आरोप

सिनेमा जगतको प्रतिष्ठित अस्कर पुरस्कार जितेका निर्देशक वूडी एलनको संस्मरणात्मक पुस्तक ह्याचेट बूक ग्रूपले नछाप्ने निर्णय लिएको छ । 

उक्त कम्पनीका ७५ कर्मचारीले किताबको विरोध गर्दै अफिसबाट वाकआउट गरेका थिए । किताब अप्रिल महिनामा बजारमा पठाउन लागिएको थियो । लेखकका प्रतिलिपि अधिकारहरू उनैलाई फर्काइएको प्रकाशकको भनाइ छ । 


Advertisement

वूडी एलन अमेरिकाका प्रसिद्ध निर्देशक, अभिनेता र कमेडियन हुन् । उनले हलिउडमा ६ दशक बिताइसकेका छन् । उनले हालसम्म चारवटा अस्कर अवार्ड जितिसकेका छन् । 

एलनले धर्मपुत्री डाइलन फारोलाई सात वर्षको उमेरमै यौनशोषण गरेको आरोप छ । उनले सन् १९९२ मा शोषण गरेको फारोले बताइन् । तर निर्देशक एलनले यसलाई अस्वीकार गर्दै आएका छन् । 


Advertisement

डाइलनका भाइ रोनन फारोले एलनको पुस्तकका विषयमा कम्पनीले डाइलनसँग कुनै कुरा नगरेको बताए । ट्वीट लेखेर उनले कम्पनीको एथिक्समा प्रश्न समेत उठाए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्