×

NMB BANK
NIC ASIA

वैशाखभित्र पूरा हुँदै भैरहवा–लुम्बिनी–तौलिहवा सडक

फागुन २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने भएको छ।

Sagarmatha Cement
Muktinath Bank

०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि पवन चौधरीले बताए। ३२ महिनाअगाडि रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्सट्रक्शन लिमिटेडले पाएको थियो। उक्त सडकखण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ६० प्रतिशत भएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी एक अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भए पनि आगामी वैशाख १८ गतेसम्म म्याद थप गरिएको थियो। भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका इन्जिनीयर सागर पोखरेलका अनुसार सडक निर्माणको काम सन्तोषजनक रहेको छ। उनले भने, ‘काम सन्तोषजनक नै छ तर गत वर्ष समयमै कच्चापदार्थ नपाउँदाको असर अहिलेसम्म परेको हो जसका कारण ढिलाइ भएको हो। अहिलेको गतिमै काम भएमा पनि वैशाखभित्रै काम सम्पन्न हुन्छ।’


Advertisment
Nabil box
Kumari

निर्माण व्यवसायीका प्रतिनिधि चौधरीका अनुसार अहिलेसम्म तौलिहवा लुम्बिनी सडकतर्फ आठ किलोमिटरको बेस तयार भइसकेको, चार लेन सडकमा सर्भिस बेस तयार भइसकेको छ। भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी–पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म २लेनको सडक बनाउने गरी ठेक्का सम्झौता भएको हो। एशियाली विकास बैंकको सहयोगमा सम्पन्न हुने उक्त सडक समयमै पूरा नहँुदा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती खेप्नु परेको छ। चौधरीका अनुसार पेचिङ्गका लागि कम्तीमा २० डिग्री तापक्रम हुनुपर्नेमा तापक्रम नमिल्दा पेचिङ्गमा ढिलाइ भएको हो। 

Vianet communication
Laxmi Bank

 कल्भर्ट, विद्युतीय जडान तथा खानेपानी पाइप व्यवस्थापनका कारण काममा केही ढिलाइ भए पनि दैनिकरूपमा १ सय ८२ जना जनशक्तिले काम गरिरहेको चौधरीले बताए। उक्त सडकखण्डमा रहेका २ हजार ६८ रूख सबै हटाइसकिएको छ। आयोजनाका अनुसार ६ लेन सडकको बीच भागमा ‘ग्रिन बेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’समेत निर्माण गरिनेछ। सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रूखको ठाउँमा पाँच हजार एक सय रूख रोप्ने जनाइएको छ। 

सडकको प्राविधिक कामको समन्वय, निगरानी र परीक्षण कोरिया इञ्जिनीयरिङ कन्सलटेन्टले गरिरहेको छ। सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नाका साथै यस क्षेत्रको कृषि, पर्यटन तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ। थपिएको समयमै काम सम्पन्न भएमा अहिले भैरहवा विमानस्थलबाट लुम्बिनी करिब आधा घण्टाको यात्रा गरी सवारीसाधनमा पुग्न समय लाग्ने गरेकामा १५ मिनेटमा पुग्ने देखिएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x