×

NMB BANK
NIC ASIA

प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ आएपछि प्रहरीको समायोजनका लागि गृहकार्य शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्का दुवै सदनबाट पारित र राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रूप ग्रहण गरेसँगै समायोजनका लागि गृहकार्य शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऐनमा उल्लेख भए अनुसार गृह मन्त्रालयमातहत ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन भई काम शुरू भएको छ ।


Advertisment
Nabil box
Kumari

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको समितिमा प्रशासन हेर्ने मन्त्रालयका सह–सचिव सदस्य सचिव तथा नेपाल प्रहरीका महानिरीक्षक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र कानून मन्त्रालयका एक–एक सहसचिव र सम्बन्धित प्रदेशको प्रदेश मन्त्रालयका सचिव सदस्य रहने ऐनमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

समायोजन कसरी गर्ने, कुन विधि अपनाउने, दरबन्दी कति कायम गर्ने लगायतका विषयमा समितिले गृहकार्य थालेको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

समायोजनमा निजामती कर्मचारीको जस्तै कम्प्युटर सफ्टवेयर प्रयोग गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

‘समायोजनका लागि अहिले संरचना, दरबन्दी लगायतका विषयमा छलफल भइरहेको छ । कम्प्युटर सफ्टवेयरको माध्यम सफल भएकाले त्यसको प्रयोग गर्ने कि भन्ने विषय पनि उठेको छ,’ स्रोतले लोकान्तरलाई भन्यो ।

समितिले गृहकार्य गरिरहेकाले समितिले नै समायोजनको विषय टुंगो लगाउने गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्मा बताउँछन् ।

‘ओएनएम समितिले काम गरिरहेको छ । सबै कुरा त्यसैले टुङ्गो लगाउने हो । कम्प्युटरको माध्यमबाट पनि हुनसक्छ,’ प्रवक्ता शर्माले लोकान्तरसँग भने ।

समितिले अहिले शुरूआति चरणमा काम गरिरहेको उनले बताए ।

‘प्रहरीको समयोजनका लागि शुरूआति चरणमा संगठनको संरचनाका लागि समितिले काम गरिरहेको छ’ सह–सचिव शर्माले भने ।

संघ र प्रदेशमा कति प्रहरी कर्मचारी राख्ने, कहाँ–कहाँ कार्यलय राख्ने, शान्ति सुरक्षाको व्यवस्था र औचित्यको आधारमा नेपाल प्रहरी र प्रदेश प्रहरीको श्रेणी तथा पद खुल्ने गरी दरबन्दी कसरी कायम गर्ने भन्ने विषयमा समितिले निर्णय लिने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्री बताउँछन् ।

‘ऐनले ओएनएम समितिको व्यवस्था गरेको छ, जसले प्रदेश प्रहरी र नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दा तलका प्रहरीको पद, दर्जा र त्यसको संख्याका आधारमा विवरण खुलाई प्रतिवेदन तयार पार्छ,’ प्रवक्ता थापा क्षेत्रीले लोकान्तरसँग भने ।

समितिले प्रतिवेदन तयार पारी गृह मन्त्रालयमा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन र संरचना तथा दरबन्दी कायम गर्न सिफारिश गर्छ । सो प्रतिवेदन गृह मन्त्रालयले नेपाल सरकारसमक्ष प्रस्ताव गर्ने कानूनी व्यवस्था छ ।

५ आधारमा प्रहरी समायोजन

नेपाल प्रहरीको समायोजन ५ वटा आधारमा गर्नुपर्ने कानूनी व्यवस्था रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी थापा क्षेत्री बताउँछन् ।

‘कार्यरत पदको ज्येष्ठता, उमेरको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोबासको ठेगाना र नागरिकताको प्रमाणपत्रमा उल्लेखित ठेगानाका आधारमा प्रहरीको समायोजन हुने कानूनी व्यवस्था छ,’ प्रवक्ता थापा क्षेत्रीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x