×

NMB BANK
NIC ASIA

कर्णालीमा ‘कोरोना हेल्थ डेस्क’ : ज्वरो नाप्ने, फोन नम्बर माग्ने, घर पठाउने !

फागुन २६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रिने प्रमुख नाका बबईमा आइतवारदेखि ‘कोरोना हेल्थ डेस्क’ स्थापना गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

डेस्कमा वीरेन्द्रनगर भित्रिने व्यक्तिको ज्वरो नाप्ने, १००.४ डिग्रीभन्दा बढी ज्वरो आएका व्यक्तिको फोन नम्बर माग्ने र घर पठाउने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेस्कमा स्वास्थ्य जाँच तीव्र रुपमा भइरहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

भेरीगंगा नगरपालिका–५ बबईमा आइतवारदेखि हेल्थ डेस्क स्थापना गरी प्रदेश भित्रिने यात्रुको स्वास्थ्य जाँच गर्न शुरू भएको उनले बताए ।

Vianet communication
Laxmi Bank

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय सुर्खेत र जनस्वास्थ्य सेवा कार्यालयको सहकार्यमा स्वास्थ्य जाँच शुरू भएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले आइतवार साढे १० बजे शुरू गरेको जाँचमा आइतवार नै १ हजार ८८४ जनाको स्वास्थ्य जाँच गरिएको बताइन् । ‘१ हजार २२० पुरुष, ६६४ महिला गरी जम्मा १ हजार ८८४ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ,’ उनले भनिन्, ‘सोमवार अपराह्नसम्म ९३८ महिला र १ हजार ६३८ पुरुष गरी २ हजार ५७६ जनाको स्वास्थ्य जाँच गरिएको छ ।’

डेस्कमा जाँच गर्दा १००.४ डिग्रीभन्दा माथि ज्वरो भएका १४ जना फेला परेका थिए । तीमध्ये कोही पनि कोरोना प्रभावित देशबाट नआएकाले फोन नम्बर लिएर घर पठाइएको प्रमुख वाग्लेले बताए ।

‘बबईमा स्वास्थ्य जाँच गर्नका लागि ८ जनाको टोली खटिएको छ । थप स्वास्थ्यकर्मी पठाउने कुरा मन्त्रालयमा भएको छ । बिहान ६ बजेदेखि रातिसम्म हेर्ने काम भइरहेको छ,’ उनले भने, ‘राति जनशक्ति अभावमा स्वास्थ्य जाँच गर्न सकिएको छैन । हाल निर्देशनालय, जनस्वास्थ्य कार्यालय, भेरीगंगा नपाको स्वास्थ्य शाखा लगायतको सहकार्यमा जाँच गरिरहेका छौं ।’

ज्वरो आएका व्यक्तिमा केही समस्या देखिए प्रदेश अस्पताल कालागाउँमा आउन सुझाव दिने गरिएको छ । ‘कोरोना रोगबारे आवश्यक परामर्श दिइरहेका छौं । बबईबाहेक सुर्खेत विमानस्थलमा पनि स्वास्थ्य जाँच गरिरहेका छौं,’ उनले भने । हालसम्म कर्णालीमा शंकास्पद रुपमा कोही पनि नभेटिएको उनले बताए ।

‘केही दिन पहिले १ जनामा आशंका गरी प्रदेश अस्पतालमा निगरानीमा राखेका थियौं । ती व्यक्तिलाई आएको ज्वरो सञ्चो भएर घर फर्किसकेको अवस्था छ,’ उनले भने, ‘अहिले नै कोरोना भाइरसबाट आत्तिनुपर्ने अवस्था छैन । सावधानी अपनाउन भने जरुरी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x