×

NMB BANK
NIC ASIA

साविक विजेता थ्रीस्टार आहा राराको सेमिफाइनलमा, पाहुना टोलीमाथि १४ मिनेटमै ३ गोल

फागुन २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गोलको खडेरी तोड्दै खेलको उत्तरार्धमा आएर डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लब १८ औं आहारारा गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । 

Muktinath Bank

नेपालमै पहिलो पटक पोखरा रंगशालामा फूटबल खेल्न आएको पाहुना टोली भारतको गान्तोक सिटी फूटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टारले विजयी यात्रा शुरू गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा रंगशालामा सोमवार भएको तेस्रो क्वाटरफाइनलमा थ्रीस्टारका युवा खेलाडी सुशान श्रेष्ठले २ र सन्जोक राईले १ गोलको योगदान दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

सञ्जोक श्रेष्ठले खेलको ७९ औं मिनेटमा मैदानको मध्यभागबाट निशान खड्काको पास सदुपयोग गर्दै एक्लै अग्रता बढाउँदै विपक्षी पोस्टको जाली चुमाएका हुन् । कीपर निम्डुप लेप्चालाई बिट गर्दै गरेको प्रहारबाट उनले टीमलाई अग्रता दिलाए ।

Vianet communication
Laxmi Bank

थ्रीस्टारले अग्रता लिएपछि लगातार उसको पक्षमा थप २ गोल निस्कियो । १४ मिनेटभित्रै उसले ३ गोल गर्न सक्यो । दोस्रो हाफको इञ्जुरी टाइममा अर्का युवा खेलाडी सुशान श्रेष्ठले २ गोल थपे । थप ३ मिनेटको दोस्रो मिनेटमा सुशानले २ डिफेन्डर छलाउँदै डी एरियाबाट गोल गरेका हुन् । तेस्रो मिनेटमा उनले थप अर्को गोल गरे । प्रतियोगितामा सुशान नै म्यान अफ दी म्याच घोषित भए । 

आहारारामा पाँचौ पटकको विजेता थ्रीस्टारले अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेड बल बाहिरिँदा थ्रीस्टार अग्रता लिनबाट चुकेको थियो । १९  मिनेटमा निशान खड्काको ३२ यार्ड टाढाको फ्रिकिक प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २१ मिनेटमा मिक्छेनको फ्रिकिकमा कप्तान विक्रम लामाको हेड बाहिरिँदा थ्रीस्टारले खेलमा अग्रता लिनबाट पुनः चुक्यो । लगत्तै मिक्छेन लामाको कर्नरमा अनन्त तामाङको हेडर बाहिरियो । खेलको ८५ औ मिनेटमा गान्तोकले खेल बराबरी गर्ने अवसर चुकाएको थियो । छिरिङ लेन्डुप भुटियाले गरेको लङ प्रहार विपक्षी किपरले उत्कृष्ट बचाउ गरेका हुन् ।

जारी सिजनमा थ्रीस्टारले २ वटा खेलमा उपविजेतामै चित्त बुझाएको छ । पोखरामा भने उसले उपाधि रक्षा गर्ने दाउमा रहेको प्रशिक्षक मेघराज केसीले बताए । उनले विपक्षी खेल स्टामिना बुझ्ने क्रममा गोल निकाल्न कठिन बनेको प्रतिक्रिया दिए ।

विपक्षीको खेल कौशललाई पनि उनले प्रशंसा गरे । ‘गोल चाहेकै अवस्थामा कहाँ हुन्छ र ? अन्तिम मिनेटसम्म कुर्नु नै फुटबलको विशेषता हो,’ उनले भने ।

आफ्नो टीममा युवा खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै उनले दर्शकले ठूलो आशा गर्न नमिल्ने बताए । थ्रीस्टारका कीपर विक्रम लामा, अनन्त तामाङ र मिक्छेन तामाङ मात्र पुराना खेलाडी हुन् । 

पाहुना टोलीका प्रशिक्षक मायाल डोक लेप्चाले अफ्साइड भएको अवस्थामा भएको गोललाई रेफ्री प्रकाशनाथ श्रेष्ठले मान्यता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

मंगलवार हुने चौथो क्वाटरफाइनलमा संकटा क्लब र साविक उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । 

यसअघि नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब प्रतियोगिताको अन्तिम चारमा आफूलाई सुरक्षित पारिसकेका छन् । प्रतियोगिताको फाइनल १ चैतमा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x