×

NMB BANK
NIC ASIA

सिँगटी हाइड्रोपावरमा कोरोनाको असर,चैतभित्र नबन्ने

फागुन २६, २०७६

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

सिँगटी हाइड्रोपावरको हेडवक्र्स निर्माण कार्य ९८ प्रतिशत पूरा भए पनि चिनियाँ कम्पनीका कारण निर्धारित समयमा पूरा नहुने देखिएको छ। 

Sagarmatha Cement
Muktinath Bank

२०७६ चैत मसान्तभित्र विद्युत उत्पादन गर्ने समय तालिका आयोजनाले सार्वजनिक गरे पनि मेकानिकलको काम गर्ने चिनियाँ कम्पनीको क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडका प्रतिनिधि कोरोना भाइरसका कारण चीनबाट नर्फकिँदा निर्धारित समयमा पूरा नहुने देखिएको हो। 
 
क्विङकाङ लिमिटेडका मुख्य चिनियाँ नागरिक नभए पनि एक जना चिनियाँ नागरिक कोरोना सङ्क्रमणको समयमा भियतनाम रहेकाले त्यो कम्पनीका सम्पर्कमा आएकाले २०७७ वैशाख महिनाभित्र विद्युत् उत्पादन गर्ने सिँगटी हाइड्रो पावर आयोजना प्रमुख मनहरि सापकोटा बताए। 
 
सिँगटी हाइड्रो इनर्जीले निर्माण गरिरहेको दोलखा कालिञ्चोक र विगु गाउँपालिका समेत भएर बहने सिँगटी खोलामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको जलविद्युत् ‘सुपर सिक्स’ नामले परिचित ६ वटा आयोजनामध्येको एक आयोजना हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल १६ मेगावाट क्षमताको आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन पारित गराई नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भई निर्माण कार्य भइरहँदा आयोजनाको क्षमतामा वृद्धि भई २५ मेगावाट कायम भएको छ। कर्जा लगानी गर्ने बैंकमा सिभिल बैंकको अगुवाइमा सेञ्चुरी, प्रभु, सिद्धार्थ, मेघा, लुम्बिनी विकास, महालक्ष्मी विकास, कुमारी, जनता र देव विकास बैंक छन्। हाल आयोजनाको लागत पाँच अर्ब लाग्ने अनुमान गरिएको छ।


Advertisment
Nabil box
Kumari

टनेल निर्माण कार्य ९९ प्रतिशत समाप्त भएको छ। पावर हाउसको कार्य लगभग ७० प्रतिशत र विद्युत्गृहभित्रको काम मेसिन जडानको काम ७० शतप्रतिशत सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकरी दिए। सापकोटाले भने, ‘पाँच हजार ६०७ मिटर टनेलको काम पूरा भएको र टनेलभित्र फिनिसिङको काम ९९ प्रतिशत सकिएको छ। अहिले पावर हाउसभित्र जडान गरिने उपकरणको जडान कार्य भइरहेको छ।’

Vianet communication
Laxmi Bank

आयोजना सम्पन्न भएपछि १२ दशमलव ५ मेगावाट क्षमताका दुई जेनेरेटरमार्फत २५ मेगावाट विद्युत् उत्पादन गरिने आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए। उत्पादित विद्युत्लाई सिँगटी बजारमा निर्माणाधीन सवस्टेशनमा लगी केन्द्रीय प्रसारणमा जोडिनेछ। आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्सट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेलको आर जे सूर्या जेभी, गरिरहेको आयोजनाले जनाएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x