×

NMB BANK
NIC ASIA

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको रोकथामका लागि पहिलो चरणमा सरकारले संक्रमण भित्रिने नदिने नीति लिएको बताउने गरेका छन् । संक्रमण भित्रिन नदिन विमानस्थलदेखि सीमानाकासम्म सतर्कता अपनाइएको भनेर मन्त्री ढकालले दाबी गरेपनि २ नम्बर प्रदेशका सीमामा पर्याप्त सतर्कता देखिएको छैन ।

Muktinath Bank

जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंशुकुमार सिंहले प्रदेशका ८ वटै जिल्लाका २२ वटा नाकामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको संयुक्त हेल्थ डेस्क स्थापना गरिएको बताए । २ नम्बर प्रदेशमा नेपाल–भारत सीमामा ४१ वटा भन्सार कार्यालय रहेका छन् । भन्सार कार्यालय रहेका सबै ठाउँमा समेत हेल्थ डेस्क स्थापना भएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार पर्साको इनर्वा, भिसुवा, ठोरी, सिर्सिया, बाराको सिम्रौनगढ, कचहेर्वा, मटिहरवा, रौतहटको गौर भन्सार, बमकुल, सर्लाहीको मलंगवा–सोनवर्सा नाका, महोत्तरीको जलेश्वर–भिठामोड नाका, मटिहानी नाका, सम्सी नाका, धनुषाको जटही, इनर्वा, सिरहाको माडर, ठाढी, बरियारपट्टी, सप्तरीको कुनौली नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।


Advertisment
Nabil box
Kumari

हाल सप्तरीमा ६ वटा, सिरहामा ३ वटा, धनुषामा ७ वटा, महोत्तरीमा ३ वटा, सर्लाहीमा ६ वटा, रौतहटमा ४ वटा, बारामा ५ वटा र पर्सामा ७ वटा भन्सार नाका छन् । त्यसमध्ये केही भन्सार नाका सञ्चालनमा नरहेपनि सर्वसाधारणको खुला आवागमन भने भइरहेको छ ।

Vianet communication
Laxmi Bank

प्रदेशभित्र नेपाल–भारत नाकामा पर्ने प्रहरी चौकीका इकाई ९८ वटा रहेका छन् । सप्तरीमा ११, सिरहामा १०, धनुषामा १२, महोत्तरीमा १२, सर्लाहीमा १४, रौतहटमा १०, बारामा ११ र पर्सामा १८ वटा प्रहरी चौकी छन् । ती सबै चौकी रहेका स्थानबाट नेपाल–भारत सीमामा निर्वाध आवागमन भइरहेको छ । सबै सीमामा चेकजाँचको व्यवस्था गरिएको छैन ।

धनुषामा मात्रै हेर्दा १२ वटा सीमा नाकामा प्रहरी चौकी छन् । धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरी, इनर्वा र बलाहा गोठमा, बिदेहनगर नगरपालिकाको ठाढी झिझा, इटहर्वा र दुहबीमा, धनौजी गाउँपालिकाको धनौजी र देबडीहामा, नगराईन नगरपालिकाको जटहीमा, मुखियापट्टि मुसहर्निया गाउँपालिकाको मुखियापट्टी, बहेडा बेला र तुल्सियाहीमा प्रहरी चौकी छ तर धनुषाको जटही र इनर्वामा मात्रै हेल्थ डेस्क स्थापना गरिएको छ । धनुषाजस्तै अन्य जिल्लामा पनि सबै नाकामा हेल्थ डेस्क छैनन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले हाल केही सीमित ठाउँमा मात्र हेल्थ डेस्क स्थापना गरिएको भएपनि नेपाल–भारत सीमा नाका पर्ने सबै स्थानीय तहको समन्वयमा सबै नाकमा हेल्थ डेस्क स्थापना गर्ने तयारी भइरहेको बताए । ‘होली सकिने बित्तिकै सबै नाकामा हेल्थ डेस्क स्थापना गर्नुका साथै जनचेतना अभिवृद्धि गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्नेछौं,’ प्रजिअ कणेलले भने, ‘कोरोना भाइरसको रोकथामका लागि पर्चा–पम्पलेट वितरण गरेर जनचेतना बढाउने काम गर्नेछौं ।’

प्रदेशका सीमामा २२ वटा ठाउँमा हेल्थ डेस्क भएपनि त्यहाँ कुनै उपकरण र औषधिको व्यवस्था छैन । डेस्कमा रहेका स्वास्थ्यकर्मीले सामान्य सोधपुछ गर्ने, ज्वरो आए/नआएको सोध्ने र पठाउने गरेका छन् । डेस्कमा ज्वरो नाप्ने उपकरण समेत उपलब्ध छैन ।

जनकपुर विमानस्थलमा ज्वरो नापिँदै

मंगलवारबाट जनकपुर विमास्थलमा शरीरको तापक्रम (ज्वरो नाप्ने) थर्मल स्क्यानर सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालय मातहत रहेका स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । मंगलवार दिउँसो २ बजेसम्म २० जना यात्रुको तापक्रम मापन गरिएको अनमी कविताकुमारी पंजियारले बताइन् । मापन गरिएका सबैमा ९७ देखि ९९ डिग्री सेल्सियससम्म तापक्रम देखिएकाले कसैलाई पनि नरोकिएको उनले बताइन् ।

प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय र स्थानीय तहसँगको समन्वयमा बाराको सिमरा, सप्तरीको राजविराज र धनुषाको जनकपुरस्थित विमानस्थलमा इन्फ्रारेड थर्मल स्क्यानरसहित स्वास्थ्यकर्मीको हेल्थ डेस्क स्थापना गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. प्रमोदकुमार यादवले कोरोना भाइरसको संक्रमित भएको शंकास्पद मानिसको स्वास्थ्य परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालमा आइसोलेसन वार्ड समेत छुट्याएर राखिएको छ । ‘वीरगञ्जमा ३ वटा शय्या र जनकपुरमा २ वटा शय्यालाई छुट्टै आइसोलेसन वार्ड भनेर छुट्याएर राखेका छौं,’ यादवले भने, ‘अस्पतालकै प्रयोगशालामा शंकास्पद व्यक्तिको नमूना (स्वाब) संकलन गरेर काठमाडौंस्थित प्रयोगशालामा पठाउने तयारी गरेका छौं ।’

जनकपुरमा जनकपुर विमानस्थल, जनकपुर बसपार्क र जानकी मन्दिर गरी ३ स्थानमा थर्मल स्क्यानरसहित हेल्थ डेस्क राख्ने भनेर निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रशासकीय अधिकृत मेहीलाल यादव बताउँछन् ।

विमानस्थलमा हेल्थ डेस्क राखिएको छ तर जनकपुर बसपार्क र जानकी मन्दिरमा हेल्थ डेस्क स्थापना गरिएको छैन । ‘बसपार्क र जानकी मन्दिरमा हेल्थ डेस्क राखिएको छैन,’ यादवले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x